Namaste Icon
Ad

मेरो देश खोज्न कहाँ जाऊँ !

–दीर्घराज प्रसाई

मेरो देश खोज्न कहाँ जाऊँ !

बाह्रबर्ष राम नभएको अध्योध्या जस्तो लागेको छ अहिले नेपाल,
तेह्रबर्ष पाण्डवहरु नभएको हस्तिनापुर जस्तो भएको छ नेपाल,
अत्याचारको पराकाष्ठा, भ्रष्टाचारको पीडाले भयो अशान्त नेपाल,
राणाहरुको निरंकुशतामा बाँचेको देश, बरु सीमाना थपिएको नेपाल ।

लोकतन्त्रले खाने भो अस्तित्व, नेपालै नरहने हो कि भन्ने पीडाले,
यी केपी ओली, प्रचण्डहरु, शेरबहादुर र लोकतन्त्रको समर्थकहरुले,
धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताको पहिरोका देश डुबाएर बग्न खोजेकाहरु,
प्रभूको इच्छा–इसाइकरण गर्र्न यो स्वर्णभूमिलाई रणभूमि बनाउने आतताईहरु ।

विश्वको यो एक मात्र हिन्दू अधिराज्य, राजसंस्थाको संरक्षणमा बाँचेको देश,
हिमाल आभोलि म टुहुरो देख्छु, देशभित्र एउटा मान्छे, भेटिएन कस्तो देश ?
अव बोलौं, देशको लागि, देशद्रोहीहरुको बिरुद्ध राजा, जागौं हामी देशभक्तहरु,
राष्ट्र के थियो, आज के भयो ? जन्मभूमिको दूर्दशा, देश बचाउने नैं हौं हामीहरु ।

जय राष्ट्रवाद !

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रघाती, अनुदान-सम्झौता कुनै हालतमा मान्दैनौं सरकार!

गरीब भएपनि स्वाभिमानी, रास्ट्रभक्ती नेपाली हौं !कुनै रास्ट्रधाती अनुदान-सम्झौतामा झुक्दैनौ सरकार !बिस्तारै चेतनाको बिकास सगै हामी नेपाली मिलिजुलीबिकास र जनताको सेवामा निरन्तर लागेकै छौ सरकार !!

दुर्गा कार्कीको कुमारी प्रश्नहरू’ बजारमा

दुर्गा कार्कीको कुमारी प्रश्नहरू’ बजारमा

काठमाडौं । कथाकार दुर्गा कार्कीको पहिलो कथा संग्रह ‘कुमारी प्रश्नहरू’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको उक्त संग्रहमा सामाजिक यथार्थवादी कोणबाट लेखिएका १३ कथा समावेश रहेको छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad