Namaste Icon
Ad

कृषि क्षेत्रको जागिरे अनुभव गाउँमै सदुपयोग, वार्षिक सात लाखसम्म आम्दानी

रासस

कृषि क्षेत्रको जागिरे अनुभव गाउँमै सदुपयोग, वार्षिक सात लाखसम्म आम्दानी

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानाका कृषक हरिबहादुर जिसीले विसं २०४६ मा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले कृषि अनुसन्धान केन्द्रमा जागिर थालेका छन । कृषि अनुसन्धान केन्द्रमा लोभलाग्दो कृषिको व्यावसायिकता देखेपछि आफ्नै गाउँघरमा केही गर्ने सोच हरिबहादुरको मनमा आयो । अनुसन्धान केन्द्रको कृषिकर्मको छ वर्षको अनुभवका साथ विसं २०५२ मा जागिर छाडेर जिसी गाउँ फर्किए । गाउँमै व्यावसायिक तरकारी खेती शुरु गरेर नयाँ सम्भावनाको खोजी गरेका जिसी शुरुआती प्रयास नै सफल हुँदै गएपछि उत्साहित भउ । त्यसपछि क्रमशः विस्तारै काम गर्दै जाँदा अहिले कृषि कर्मबाटै वार्षिक सात लाखभन्दा बढी आम्दानी हुन थालेको उनले बताए ।

अहिले उनले २० रोपनी क्षेत्रफलको आफ्नै बारीमा काउली, गोलभेँडा, बन्दा तथा किबीखेती गरेका छन । तरकारी तथा फलफूलसँगै जिसीले व्यावसायिक भैँसीपालनसमेत गर्दै आएका छन । चिसापानी पशुपालन तथा कृषिफार्म दर्ता गरेर हाल उनी पाँच उन्नत जातका भैंसी पालेर र त्यसबाट दैनिक १५ देखि २० लिटर दूध बेच्दै आएका छन । दूध मात्रै होइन, उनी दैनिकरूपमा बागलुङ बजारमा बिक्रीका लागि तरकारी, फलफूल तथा दूध बजार पठाउन व्यस्त छन ।

‘लुम्ले कृषि अनुसन्धान केन्द्रमा पाँच वर्षको अनुभवलाई गाउँमै प्रयोग गर्न थालेको छु’, जिसीले भने, ‘अर्काको जागिर खानुभन्दा आफ्नै ठाउँमा केही गर्छु भन्ने सोचका साथ आफ्नै बारीमा कृषि र पशुपालन गरेको हुँ ।’ लुम्ले कृषि अनुसन्धान केन्द्रमा सिकेको ज्ञानलाई आफ्नै प्रयोग गरी वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको जिसीले बताए ।

क्षेत्रीको फार्ममा अहिले चार टनेल, एक ग्रिनहाउसमा तरकारी तथा सुन्तलाको नर्सरीसमेत रहेको छ । ग्रिनहाउसभित्र आठ हजार सुन्तलाका बिरुवा हुर्काइरहेको उनले बताए । सुन्तलाका बिरुवा बिक्री गरेर मात्र रु आठ लाख आम्दानी गर्ने लक्ष्य जिसीको छ । व्यावसायिकरुपमा सिताके च्याउ गर्ने योजनामा समेत रहेको बताउँदै उनले तीन रोपनी जग्गामा लगाएको ५० बोट सुन्तलाले यही वर्षदेखि उत्पादन दिन थालेको बताए । यो वर्ष मात्रै १४० किलो किवी पहिलोपटक उत्पादन गरेर बिक्री गरिसकेको उनको भनाइ छ ।

आगामी वर्षदेखि किवीखेतीबाट मात्रै वार्षिक रु तीन लाख आम्दानी गर्ने लक्ष्यसमेत उहाँको छ । ‘मैले गाउँमै बाँझो हुन थालेको जग्गामा कृषि कर्म गरेको हुँ’, उनले भने, ‘स्वदेशमा केही छैन भन्नेहरुले मेरो कृषि कर्मबाट केही सिकुन् भन्ने चाहना छ ।’ व्यावसायिकरुपमा कृषि कर्म थालेपछि हालसम्म फार्म व्यवस्थापनमा १० लाख लगानी गरेको बताउँदै उनले थप १० रोपनी जग्गामा तरकारी खेती विस्तारमा लागेको बताए । सिँचाइको पर्याप्त सुविधा रहेको यस क्षेत्रमा कृषि उपज बिक्रीका लागि बजारको समस्या नरहेको पनि उनले बताए ।

Ad

सम्बन्धित समाचारहरु

मह खानुकाे फाईदा र ध्यान दिनु पर्ने कुराहरू

मह खानुकाे फाईदा र ध्यान दिनु पर्ने कुराहरू

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलाई फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ ।यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

वनमा व्यावसायिक केराखेती, भरपुर आम्दानी

वनमा व्यावसायिक केराखेती, भरपुर आम्दानी

पाल्पा । पाल्पका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् । निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खोरिया फँडानी गरी व्यावसायिक केराखेतीबाट आम्दानी लिन सफल भएका हुन् । वन क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वनको रेखदेख भएको छ भने स्थानीय बासिन्दाको आम्दानीको स्रोतका रुपमा वन क्षेत्रको विकास हुँदै गएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad