Namaste Icon
Ad
Ad

हेरिटेज पेजेन्टस २०२० सुरु

हेरिटेज पेजेन्टस २०२० सुरु

काठमाडौं । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट प्रा.लिले मंगलबार एक बिज्ञाप्ती जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’को आवेदन खुल्ला भएको जनाएको हो । सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको हो । प्रतियोगिताका सहभागी र विजेताको दायित्व, कर्तब्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।

यस पटकको ‘हेरिटेज् पेजेन्टस् २०२०’ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को दुई उपाधि लागि प्रतिस्पर्धा हुनेछ । नेपाल लगायत विश्वका ४० मुलुकका पचास प्रतिस्पर्धीहरुको सहभागीता रहेने प्रतियोगीतामा यो बर्ष मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुनेछ ।  प्रतियोगिताको फाइनल प्रतिस्पर्धा १८ अप्रिलमा एक भब्य समारोहका बिच आयोजना हुनेछ ।

प्रतियोगितामा सहभागीका लागि मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर हद तोकिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए । सिंगापुरका सुसान कोहको संयोजन रहने प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहने छन्, भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफी रहने आयोजले जनाएको छ ।


सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लिले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४मा थालनी गरेको थियो । ‘हेरिटेज् पेजेन्टस् २०२०’ त्यस्ैको निरन्तरता हो ।


नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिताबाट सुरु भएको यो प्रतियोगिताको अधिल्लो श्रृखलामा ४० देशको सहभागीता रहेको थियो ।  ‘मिस हेरिटेज इन्टरनेशनल’को पहिलो संस्करण नेपालमा, दोस्रो भारतको नयाँदिल्ली, तेस्रो श्रीलंकामा, चौथौं र पाँचौ सिंगापुरमा सम्पन्न भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad