Namaste Icon
Ad

मोहन्यालमा ५० लाखको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंछी बिकास कार्यक्रम संचालन हुँदै

मोहन्यालमा ५० लाखको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंछी बिकास कार्यक्रम संचालन हुँदै

गोविन्द बीसी, बौनिया । कैलालीको मोहन्याल गाउँपालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंछी बिकास कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम संचालनका लागि प्रदेश सरकारले पशुपालन, बाख्रापालनको लागि ५० लाख बजेट बिनियोजित गरेको छ ।

गाउँपालिका स्तरीय मुख्यमन्त्री नमूना कृषि बिकासका लागि मंगलबार गाउँ कृषक समन्वय समिति समेत गठन गरिएको छ । गाउँ कृषक समन्वय समितिको अध्यक्षमा वडा नम्बर(७ का कमल शाही सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा वडा नम्बर(४ का सन्तोष कुमार बोगटी, कोषाध्यक्षमा वडा नम्बर २ की राजुदेवी शाहीलाई चयन गरिएको छ ।

सदस्यहरुमा वडा नम्बर १ का बुधराम भुल, वडा नम्बर(३ बाट देवेन्द्र पुन मगर र नृप बहादुर शाही रहेका छन् । सदस्य सचिबमा कृषिबिज्ञले तोकेको मोहन्याल गाउँपालिकाका पशु प्राविधिक शैलेन्द्रबहादुर सिंह रहने बताइएको छ ।

मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यक्रम अन्तर्गत मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले मोहन्याल गाउँपालिकाको वडा नम्बर १,२,३,४ र ७ वडालाई छनौट गरेको छ । गाउँपालिका अध्यक्ष नवलसिंह रावलको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुजा बुढामगर, वडा अध्यक्ष देविदत्त उपाध्याय, खरप्रसाद अधिकारी, टिकाराम भण्डारी, नवीन पुनमगर, नन्दाराम गिरी, कार्यपालिका सदस्य विशाल पहराइ, कृषक समूहका प्रतिनिधि, कृषि प्राविधिक लगायतको सहभागिता रहेको थियोे ।

Ad

सम्बन्धित समाचारहरु

होक्सेमा सुपारी खेती

होक्सेमा सुपारी खेती

झापाको बुद्धशान्ति गाउँपालिका – १ होक्सेका एक कृषकले खेतको आलीमा रोपेको सुपारी । वुद्धशान्ति गाउँपालिका सुपारी खेतीका लागि प्रशिद्ध छ । यहाँ सुपारी जोन कार्यक्रम सञ्चालित छ ।

डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दहाल सर्वसम्मत

डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दहाल सर्वसम्मत

सन्तोष दहाल,काठमाडौँ । दुग्ध व्यवसायीहरुको संस्था डेरी उद्योग संघ काठमाडौँले आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार राजधानीमा सम्पन्न साधारण सभाले राजकुमार दाहालको नेतृत्वमा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति समेत सर्वसम्मतरुपमा चयन गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad