Namaste Icon
Ad
Ad

ललितपुरको सानागाउँमा एभरेष्ट बैंकको शाखा

ललितपुरको सानागाउँमा एभरेष्ट बैंकको शाखा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानागाउँमा ९५औं नयाँ शाखा खोलेको छ । एभरेष्ट बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गहरुलाई बैकिङ सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थितिमा रहेको थियो । सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ सुविधाको लाभ लिन पनि सक्नेछन् । बैंकले नेपालभर ९५ शाखा सञ्जाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

लकडाउनको मोडालिटी तत्काल परिवर्तन गर्न माग

लकडाउनको मोडालिटी तत्काल परिवर्तन गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले लकडाउनको मोडालिटी तत्कालै परिर्वतन गर्न माग गरेको छ । महासंघले शुक्रबार पैस विज्ञप्ती जारी गर्दै लकडाउनको मोडालिटी परिर्वतन गरी पसल व्यवसायहरु खुलाउन माग गरेको हो ।

जोखिम र अप्ठ्यारो टार्न बिमा

जोखिम र अप्ठ्यारो टार्न बिमा

महेन्द्र घिमिरे। जीवन बिमाकाे ईतिहासलाई हेर्ने हाे भने १६ औं शताब्दीदेखि देखि शुरु भएकाे पाईन्छ । सन् १५८३ जुन महिनाकाे १८ तारिखका दिन पहिलाे जीवन बिमा गर्ने ब्यक्ति William Gibbons हुन् ।आजकाे समयमा मानिसले सुरक्षाका विभिन्न उपायहरु खाेजी गर्दै हिँडेको अवस्थामा विभिन्न घटना दुर्घटनाबाट मानिसकाे मृत्यु तथा भौतिक क्षति हुने कुरालाई ध्यानमा राखी बिमाकाे अबधारणालाई अधिक मात्रामा प्रयाेग गरिएकाे पाईन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad