Namaste Icon
Ad
Ad

कालो टमाटरले गर्छ स्वस्थ्यमा यस्ता फाईदा, यस्तो खेती गर्ने तरिका

कालो टमाटरले गर्छ स्वस्थ्यमा यस्ता फाईदा, यस्तो खेती गर्ने तरिका

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ ।

कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत परिचित छ ।

कालो टमाटरका फाईदाहरु :
अरु टमाटर जस्तै यसमा फाइबर तथा भिटामिन ए र सि पाईन्छ ।
क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व यसमा रहेको बैज्ञानिकले पुष्टि गरिसकेका छन् ।
यसको नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिन्छ ।
यसमा गुलियो र नुनिलो स्वाद पाईन्छ ।

खेतीः
रुसबाट सुरु भएको कालो टमाटर खेती भारतको सिक्किमा समेत भैरहेको छ । सबै प्रकारको जलबायुमा उत्पादन लिन सकिने कालो टमाटर खेती नेपालमा समेत गर्न सकिन्छ । यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

एक झुप्पामा आठ देखि बाह्र दाना फल लिन सकिने यसको बोट बाट १० केजि भन्दा बढि फल लिन सकिन्छ । चिसोमा भन्दा गर्मी समयमा यसको खेती उपयुक्त हुन्छ ।

ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो टमाटर अन्य टमाटरको तुलनामा दोब्बर मूल्यमा बिक्रि भैरहेको छ ।

नेपालमा परिक्षण:
कृषि परियोजना टिकाथलीले लामो समयको परिक्षण पश्चात कालो टमाटर बजारमा ल्याएको हो । नेपाली हावापानी सुहाँउदो कालो टमाटरमा रोग संग लड्न सक्ने क्षमता धेरै रहेको छ ।

कृषि विज्ञ पुष्कर आचार्यसँग कृषि पत्रिकाले गरेको कुराकानीमा आधारीत

 

Ad

सम्बन्धित समाचारहरु

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

नेपालमा देखा पर्यो लम्पी स्किन रोग, लम्पी स्किन सम्बन्धी एक जानकारी

काठमाडौं । नेपालमा लम्पी स्किन रोग देखा परेको छ । पशु सेवा विभागले एक पत्रकार सम्मेलन आयोजना गरि यसवारे जानकारी दिएको छ । विभागका महानिर्देशक डा वंशी शर्माद्धारा जारि प्रेस विज्ञप्तिमा लम्पी स्किन रोगबारे जानकारी दिइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad