Namaste Icon
Ad

हातले स्क्रिन नछोइ फोन उठाउन मिल्ने मोबाइल

हातले स्क्रिन नछोइ फोन उठाउन मिल्ने मोबाइल

काठमाडौं । ओप्पोले नेपालमा एफ सेभेन्टिन प्रोको बिक्री सुरु गरेको छ । बिहीबारदेखि विक्री शुरु गरिएको एफ सेभेन्टिन प्रो देशभरका ओप्पोको अफलाइन शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ओप्पोले एन्को डब्लू ५१ र ओप्पो वाच समेत सार्वजनिक गरेको छ ।

विशेषता के के छन् ?
एफ सेभेन्टिन प्रोमा एआईमा आधारित ६ ओटा पोट्रेट क्यामेरा रहेका छन् । यसले प्रयोगकर्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नेछ । यो फोनको अर्को विशेषता भिडियो स्टेबलाइजेसन फिचर्स पनि हो । यसले भिडियो खिच्दा धेरै हल्लिन दिदैन । फोनमा दुई वटा सेल्फी क्यामेरा रहेका छन् । जसले बोके इफेक्ट समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा एआई पोट्रेट कलर प्रदान गरिएको छ । जसले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्युट गराई तस्वीरमा रहेका ब्यक्ति वा विषयको वास्तविक रंग प्रदान गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत अनुहारका साना साना चारित्रिक विशेषतालाई समेत स्पष्ट रुपमा लिन सक्नेछ । साथै एआई ब्युटिफिकेसन २.० ले प्राकृतिक स्किन टोनलाई अझ बढी प्रभावकारी बनाई ससाना कुराको पनि महत्व झल्काउन मद्दत गर्ने उल्लेख गरिएको छ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटो लिनका लागि एफ सेभेन्टिन प्रोमा एआई नाइट फ्लेर पोट्रेटले लोलाइट–एचडीआर अल्गोरिदम र बोके ईफेक्टको संयोजन गरिएको छ ।

फोनको क्यामेरामा अल्ट्रा स्टिडी भिडियो प्रविधि प्रयोग गरिएको छ । जसमार्फत प्रयोगकर्ताले स्थिर, स्पष्ट र आकर्षक भिडियो खिच्न सक्नेछन् ।


मोबाइल नछोइकन फोन उठाउन मिल्ने
एफ सेभेन्टिन प्रो मोबाइलको खास विशेषता यसको स्क्रिनलाई नछोइकन फोन उठाउन मिल्नु पनि हो । एन्ड्रोइड इलाभनेमा आधारित कलर ओएसमा चल्ने एफ सेभेन्टिन प्रोमा मिडियाटेक हेलियो पी ९५ एआई चिपसेट प्रयोग गरिएको छ । आठ जीबी ¥याम र १२८ जीबी रोम रहेको यो फोनमा एयर जेस्चर प्रविधिको राखिएको छ । यसको सहायताले फोनको स्क्रिनमा नछोइकनै पनि २० देखि ५० सेन्टिमिटर सम्मको दूरीबाट इशारामार्फत कल उठाउन सकिने छ । विशेषगरी हात भिजेका वा फोहर भएका अवस्थामा फोन छुँदा स्क्रिनमा हानी पुग्ने सम्भावना हुन्छ ।

त्यस्तो बेला यो फिचर निकै उपयोगी हुने उल्लेख गरिएको छ । एफ सेभेन्टिन प्रोमा ईन्फाइनाइट एज डिजाइन, आर्टिस्टिक वालपेपर, ओपोज् स्क्रिन ईमेज ईञ्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिजुअल इफेक्ट र डार्क मोड लगायतका फिचर रहेका छन् ।

फोनमा उपलब्ध नयाँ डार्क मोडले मोबाइलको ब्याट्री खपत ३८ प्रतिशतले कम गराउँने कम्पनीको दाबी छ । म्याजिक ब्लु र म्याट ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध आठ जीबी ¥याम र १२८ जीबी रोम रहेको ओप्पो एफ१७ प्रोको मूल्य नेपालमा ४३ हजार ९ सय ९० तोकिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी मिति २०७७।६।२९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ ।

साइबर सेक्युरिटीमा लगानी गर्न एनआरएनए विज्ञ सम्मेलनको सुझाव

काठमाडौं । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी सेसनमा वक्ताले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने सुझाव दिए । पूर्वमन्त्री गणेश शाहले डिजिटल ट्रान्सफरमेशनलाई विशेष जोड दिनुपर्ने बताउँदै कोभिड महामारीपछि शिक्षामा आइटी प्रयोगमा जोड दिन आवश्यक देखिएको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad