Namaste Icon
Ad

नोकिया २.४ मोवाइल सार्वजनिक

नोकिया २.४ मोवाइल सार्वजनिक

काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आइतबार नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा रहेको छ । ६ दशमलव ५ इन्च एचडी प्लस स्क्रीनको मोवाइलमा दुई दिनसम्म टिक्ने ब्याट्री रहेको छ ।

यसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट रहेको छ । नोकिया २.४ मा फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको सुबिधा रहेको छ । यस्को २.४ ग्रे रंगमा २ जीबी र्याम र ३२ जीबी रोमका १४ हजार ५ सय ९९ रुपैयामा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

Ad

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी मिति २०७७।६।२९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ ।

साइबर सेक्युरिटीमा लगानी गर्न एनआरएनए विज्ञ सम्मेलनको सुझाव

काठमाडौं । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी सेसनमा वक्ताले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने सुझाव दिए । पूर्वमन्त्री गणेश शाहले डिजिटल ट्रान्सफरमेशनलाई विशेष जोड दिनुपर्ने बताउँदै कोभिड महामारीपछि शिक्षामा आइटी प्रयोगमा जोड दिन आवश्यक देखिएको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad