Namaste Icon
Ad

महालक्ष्मीका मेयर श्रेष्ठ दम्पत्तीले कोरोना जिते

महालक्ष्मीका मेयर श्रेष्ठ दम्पत्तीले कोरोना जिते

ललितपुर। २२ दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोनामुक्त भएका छन् । श्रेष्ठले आफूसहित श्रीमती अञ्जिका श्रेष्ठ पनि कोरोनामुक्त भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन।

स्वास्थ्यमा समस्या आएपछी पिसीआर परीक्षण गर्दा श्रेष्ठ दम्पतीमा कोरोना पोजेटिभ देखिएको थियो ।उनीहरु इमाडोल स्थित किस्ट मेडिकल कलेजमा आईसोलेसमना बसेका थिए । कोरोना भएपछिको जटिल स्वास्थ्यका बीच निरन्तर उपचार, निगरानी र हेरचाह गर्ने डाक्टरहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् ।

'किस्ट शिक्षण अस्पतालका चिकित्सकहरु प्रा.डा. मिलेस सिजापती, प्रा.डा. सुरज बज्राचार्य र कन्सल्ट्यान्स सर्जन डा. अभिषेक थापाप्रति विशेष धन्यवाद व्यक्त गर्दछु । उपचारमा संलग्न डा. सन्तोष, डा. एलिना, डा. मुकेश लगायत चिकित्सकहरु, नर्सहरु, हाउस किपिङ स्टाफ र कर्मचारीहरुहरुप्रति आभार व्यक्त गर्दछु ।' श्रेष्ठले फेसबुकमा लेखेका छन्।

यसैगरी कोरोना सङ्क्रमित ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर भने आ आफ्नै घरमा आइसोलेसनमा छन् ।

Ad

सम्बन्धित समाचारहरु

कोरोना जितेका मेयरको आईसोलेसन अनुभव - आफैँलाई पर्दा मात्र पीडा थाहा हुनेरहेछ

गजेन्द्र महर्जन,गोदावरी नगरप्रमुख

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad