Namaste Icon
Ad

बिहे गर्न नपाएपछि यस्तो गलत हर्कत गरे यी व्यक्तिले

बिहे गर्न नपाएपछि यस्तो गलत हर्कत गरे यी व्यक्तिले

एजेन्सी। मानिसहरुको सोचेको पुरा नहुँदा निराशा हुने गर्छन् यो स्वभाविक हो । मानिसहरुको इच्छा मध्ये विवाह पनि हो । हामीले लिएका लाखौं चाहाना र इच्छा मध्ये कुनै यस्ता हुन्छन् जसलाई चाहेर पनि पुरा गर्न सकेका हुँदैनौं ।

कसैले त त्यहि कुरा सम्झँदै पनि हिंडेका हुन्छन् र आफैलाई हानी पुर्याएका हुन्छन् । एक व्यक्तिले पनि त्यस्तै गरेका छन् । वास्तवमा भारतको उत्तर प्रदेशको हरदोई निवासी अजय द्विवेदी पछिल्लो समय देखि धेरै दुखी थिए । ४२ वर्ष उमेर हुँदा पनि उनको विवाह भएको थिएन् । आफ्नो विवाहलाई लिएर अजय दिनप्रतिदिन मानसिक रुपमा रोगी बन्दै गए । अजयलाई आफुलाइै कसैले जादु टुना गरेको शंका गर्थे । चिन्ता लिदै जाँदा उनको हालत बिग्रदै गएको थियो ।

विवाहकै कारणले दुखी भएर अजयले एकदिन मोबाइलको ब्याट्री, घडी, क्यामेराको लेन्स, गाडीको चाबी चपाएर निले । उनले चपाएको मानिसहरुले त्यो दिन मात्र थाहा पाए, जब एकदिन उनको पेट भयंकर रुपमा दुख्न थाल्यो ।

उनको स्थिती गम्भीर हुँदै गएपछि उनलाई तुरुन्त अस्पताल पुर्याए । एक्सरे गरेपछि डाक्टरले पेट भित्र धेरै कुरा भएको थाहा पाए र अपरेसन गरेर एक एक गरेर सबै सामान बाहिर निकाले । डाक्टरले परीक्षण र उपचार गरेपछि मात्र उनी मानसिक बिरामी भएको पत्ता लगाए ।

Ad

सम्बन्धित समाचारहरु

पछुतो

पछुतो

प्रमिला विश्वकर्मा,संखुवासभा , चैनपुर पोखरी 

बडादशैँ शुरुः शनिबार घटस्थापना

बडादशैँ शुरुः शनिबार घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad