Namaste Icon
Ad

दुर्घटनामा घाइते भएका क्रिकेटर ललित सिंह भण्डारी डिस्चार्ज

दुर्घटनामा घाइते भएका क्रिकेटर ललित सिंह भण्डारी डिस्चार्ज

काठमाडौं । सवारी दुर्घटनामा परी घाइते भएका क्रिकेटर ललित सिंह भण्डारी सम्पूर्ण उपचार सकी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी भदौ २८ गते महेन्द्रनगरबाट धनगढी जाने‌‌क्रममा मोटरसाइकल ‌दुर्घटना हुँदा घाइते भएका थिए।

भण्डारी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उनलाई काठमाडौं ल्याई ग्रान्डी अस्पतालमा डा। चक्रराज पाण्डेको टिमले उनको शल्यक्रिया गरेको थियो। पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी हाल नेपाल पुलिस क्लबबाट घरेलु तथा फ्रेन्चाइज लिग खेलिरहेका छन्।

नेपाल क्रिकेट संघले उनी उपचार सकेर अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ। यसैबीच क्रिकेट खेलाडी संघले उपचारत राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीलाइ संकलित ६ लाख २८ हजार रकम हस्तान्तरण गरेको छ।

साथै क्रिकेट खेलाडी संघले सिम्रिक एयरबाट उपचारको लागि भण्डारीलाइ काठमान्डौ ल्याउनको लागि लागेको रु ३ लाख ८० हजार समेत सम्बन्धित कम्पनिलाइ भुक्तानी गरेको समेत जनाएको छ। क्रिकेट खेलाडी संघको अभियानमा कुल १० लाख ८ हजार रुपैयाँ संकलन भएको समेत संघले जानकारी गराएको छ।

Ad

सम्बन्धित समाचारहरु

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

ललितपुर। गोदावरी नगरपालिका ७ देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। बुरुन्चुलीमा स्थानीय एग्री युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई शुक्रबार बागमती प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा आयोजित दशैंको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नगद, मेडल, सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो।

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एएफसीका महासचिव डाटो विन्डसर जोनले लेखेका छन्, ‘हामी तपाईंलाई यो कुरा बताउन खुसी छौं कि एन्फाले ग्रासरुटस चार्टर ब्रोन्ज लेभेलको कांस्य तहको सदस्यताका लागि तपाईंको आवेदन एएफसी ग्रासरुट्स प्यानलले स्वीकृत गरेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad