Namaste Icon
Ad

के दलितको देश छैन ?

के दलितको देश छैन ?
रामबहादुर टमटा (प्रभात), डडेलधुरा

हो हजूर दलितको देश छैन,
आफ्नो पहिचान दिने प्रदेश छैन,
प्रशासनमा सीडीओ छैन,
अस्पतालमा डाक्टर छैन,
अनि कसरी भनूँ म यो देश नागरिक हुँ ?

अदालतमा न्यायाधीश छैन
प्रहरी मुद्दा हेर्ने प्रहरी छैन,
सेना भित्र सुरक्षा दिने सैनिक छैन,
संकट काल लागे दलित सुरक्षित कसरी हुने ?
त्यसैले म भन्छू दलितको देश छैन ।

सरकारको नीति तथा कार्यक्रम छैन,
जनसंख्याको आधारमा प्रतिनिधित्व हुने,
विद्यालयमा शिक्षा दिने शिक्षक छैन,
मंत्रालयमा बिभाग हेर्ने मन्त्री छैन,
अन के आधारले भन्नु दलितको देश हो ?

न त दलितका मुद्दा उठान गर्ने पार्टी छ,
न दलित अधिकारका लागि जुट्ने नेता छ,
छ त केवल दलितको दलाली गर्ने सरकार छ ।
दलितका नाममा मागी खाने एनजीओ छ ।
त्यसैले त म भन्छू दलितको नाम बेच्न पाईन्न ।
सांसद भवनमा अल्पमत पार्ने पार्टी चाहिन्न ।
दलितको दलाली गर्ने सरकार राज्य चाहिन्न ।
दलितलाई भोट बैंक बनाऊने सांसद मन्त्री चाहिन्न ।
दलितका ठेकेदारहरु र भातृ संगठन चाहिन्न ।
जस्ले तिम्रो मात्र पूर्ति होला दलितको देश हुदैंन ।

न त कमाई खाने जामीन छ न रोजगारी पाईन्छ,
यस्तो भोको पेटमा कस्लाई रास्ट्रवाद चाहिन्छ,
हो बर्गीय मुक्ति जातिय मुक्ति बिना सम्भव छैन,
त्यसैले जात भात सहितको नेपाल चाहिन्न,
जसका कारण अछूत जातिको देश भएन ।

रामबहादुर  टमटा (प्रभात), डडेलधुरा

Ad

सम्बन्धित समाचारहरु

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

काठमाडौँ । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । विगतमा फुटकर कविता, कथा लेख्दै आएकी अर्यालले पुस्तकाकारका रुपमा अहिले उपन्यास ल्याएकी हुन् ।

विवादका कारण पुरस्कार र सम्मान नै रद्द

विवादका कारण पुरस्कार र सम्मान नै रद्द

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने सो पुरस्कार तथा सम्मान विवाद भएका कारण रद्द गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad