Namaste Icon
Ad

पाकिस्तानले लगायो टिकटकमा प्रतिबन्ध

पाकिस्तानले लगायो टिकटकमा प्रतिबन्ध

इस्लामावाद । पाकिस्तानी दूरसंचार प्राधिकरण ‘पीटीए’ले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्तानले टिकटकले अश्लिल सामग्रीलाई बढावा दिएको र त्यस्ता सामग्रीलाई फिल्टर गर्न नसकेकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएको छ।

पीटीएले भनेको छ,‘टिकटकमा अपलोड भएका अनैतिक र अश्लिल सामग्रीको विषयमा समाजमा गुनासो बढ्न थालेपछि प्रतिबन्ध लगाएको हौं।’ आफ्नो सामग्रीलाई नैतिकवान नबनाएसम्म र अश्लिल सामग्री नियन्त्रण नगरेसम्म टिकटक पाकिस्तानमा प्रतिबन्ध हुने पीटीएले उल्लेख गरेको छ।

पाकिस्तानमा प्रतिबन्ध लागेसँगै टिकटकले भनेको छ,‘जहाँ जहाँ टिकटक प्रयोग गरिन्छ हामी त्यहाँका क्षेत्रको कानुन र नियम पालना गर्न तयार छौं।’ ‘हामी पीटीएसँग लगातार छलफल गरिरहेका छौं। हामी यस्तो नतिजामा पुगेको छौं र आशा छ हामीले यहाँका रचनात्मक अनलाईन समुदाय समक्ष सेवा प्रदान गर्नसक्छौं’ टिकटकले भनेको छ।

हालैमात्र भारतले राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै टिकटकसहित ५० भन्दा बढी चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो। सीमा विवादबीच भारतले चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो।

Ad

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी मिति २०७७।६।२९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ ।

साइबर सेक्युरिटीमा लगानी गर्न एनआरएनए विज्ञ सम्मेलनको सुझाव

काठमाडौं । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी सेसनमा वक्ताले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने सुझाव दिए । पूर्वमन्त्री गणेश शाहले डिजिटल ट्रान्सफरमेशनलाई विशेष जोड दिनुपर्ने बताउँदै कोभिड महामारीपछि शिक्षामा आइटी प्रयोगमा जोड दिन आवश्यक देखिएको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad