Namaste Icon
Ad

‘उत्तर कोरियामा अहिलेसम्म कोरोना संक्रमित छैनन्’ : किम जोङ

‘उत्तर कोरियामा अहिलेसम्म कोरोना संक्रमित छैनन्’ : किम जोङ

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशमा अहिलेसम्म कोही पनि कोरोना संक्रमित नबनेको बताएका छन्। देशमा शुन्य कोरोना संक्रमण हुनुमा उत्तर कोरियाली सेनाको हात रहेको उनको भनाइ छ।

चीनमा कोरोनाको संक्रमण देखिना साथ उत्तर कोरियाले गत जनवरी यता सीमानामा सेना खटाएको छ। अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश दिइएको छ।

शनिबार उत्तर कोरियाको सत्ताधारी पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा किमले सेनाले सिमानामा राम्रो रेखदेख गरेका कारण कोरोना संक्रमति व्यक्ति देश छिर्न नपाएको बताएका थिए। सो क्रममा किमले उत्तर र दक्षिण कोरिया प्रकोपपछि सहकार्य गर्ने पनि बताएको रोयटर्सले जनाएको छ। उत्तर कोरियाले नयाँ हतियारहरु पनि सार्वजनिक गरेको बताइएको छ। एजेन्सी

Ad

सम्बन्धित समाचारहरु

फ्रान्समा एक शिक्षकको टाउको काटेर हत्या, आक्रमणकारी यसरी मारिए

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा शुक्रवार एक आक्रमणकारीले शिक्षकको टाउको काटेर हत्या गरेका छन्। बीबीसीका अनुसार शुक्रबार साँझ ५ बजे आक्रमणकारीले चक्कुले शिक्षकको टाउको काटेका हुन्। प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा गोली हान्नुपरेकाले उनको मृत्यु भएको छ। आक्रमणकारीको नाम भने खुलेको छैन।

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad