Namaste Icon
Ad

विराटको उत्कृष्ट प्रदर्शन : अनुष्कालाई जस !

विराटको उत्कृष्ट प्रदर्शन : अनुष्कालाई जस !

दिल्ली । विराट कोहलीका लागि यो शनिबार खास थियो । ब्याटिङको स्टाइल खास, मुहारमा मुस्कान खास । खुसी जताउने स्टाइल पनि खास र चेन्नईविरुद्ध मिलेको जीत पनि खास । रोयल च्यालेन्जर्स बैंग्लुरुका कप्तान विराट कोहलीले शनिबार आईपीएलको १३ औँ सिजनको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर (नटआउट ९० रन) बनाए । उनको कप्तानीमा बैंग्लुरुले चेन्नई सुपर किंग्सविरुद्ध अहिलेसम्मको सबैभन्दा ठूलो जीत (३७ रनले) हासिल गरे ।


रोयल च्यालेन्जर्स बैंग्लुरुका फ्यानहरुले कोहलीको यो ‘खास’ प्रदर्शनको कारण खोजेका छन् ।फ्यान्सका अनुसार विराट कोहलीको ‘स्पेसल शो’ को जस कसैलाई मिल्छ भने उनी अनुष्का शर्मा हुन्, विराटकी पत्नी । अनुष्का शनिबार दुबईमा भएको खेलका दौरान मैदानमा उपस्थित थिइन् । बैंग्लुरु र विराट कोहलीका एक फ्यान दाबी गर्छन् – जब ब्रोडकास्टरले क्यामेराले अनुष्काको अनुहार देखाए, खेल १८० डिग्रीमा बदलियो । यद्यपि, म्याचको दिशा बदल्नमा अनुष्काको उपस्थिति प्रेरणाको कति कारण बन्यो भन्ने कुरा नाप्न कठिन होला तर यो सत्य हो कि बैंग्लुरु र विराट कोहलीको पारीको दौरान शनिबार दुई प्रकारको अन्दाज देखियो ।


बैंग्लुरुको टोलीले १६ ओभरमा मात्र १०३ रन बनाएको थियो । तब विराट कोहलीले ३० बलमा ३४ रन बनाएका थिए । तर, आगामी २२ बलमा विराटले ५६ रन बनाए र कूल ५२ बलमा उनले ९० रन जोडे । अन्तिम चार ओभरमा बैंग्लुरुले ६६ रन जोडेर १६९ को स्कोरमा पुग्यो । दुबईको असमान उछाल भएको विकेटमा यो स्कोरलाई राम्रो भनियो । विराट कोहली र बैंग्लुरुका फ्यानहरुको प्रश्न पनि उठाए – जब विराट कोहलीको नाकामीका लागि अनुष्कामाथि उठाइन्छ भने यो जबरजस्त प्रदर्शनका लागि उनलाई किन जस नदिने ?


अन्ततः जीतको जस विराटको खातामा दर्ता भयो र उनको टोलीले दुई अंक बटुल्यो । दोस्रो तर्फ हर खेलमा खास गर्ने उम्मिद गरिएका महेन्द्रसिंह धोनी फेरि एकपटक असफल रहे । बैंग्लुरुको पारीको १६ औँ ओभरसम्म सफल देखिएका धोनी त्यसपछि फेल खाए । अन्तिम चार ओभरमा विराट र शिवम दुबेले उनको मिहिनेतमा पानी खनाइदिए । ब्याटिङ पनि उनी असफल रहे । उनले ६ बलमा मात्र १० रन बनाउन सके ।

 

Ad

सम्बन्धित समाचारहरु

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

ललितपुर। गोदावरी नगरपालिका ७ देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। बुरुन्चुलीमा स्थानीय एग्री युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई शुक्रबार बागमती प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा आयोजित दशैंको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नगद, मेडल, सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो।

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एएफसीका महासचिव डाटो विन्डसर जोनले लेखेका छन्, ‘हामी तपाईंलाई यो कुरा बताउन खुसी छौं कि एन्फाले ग्रासरुटस चार्टर ब्रोन्ज लेभेलको कांस्य तहको सदस्यताका लागि तपाईंको आवेदन एएफसी ग्रासरुट्स प्यानलले स्वीकृत गरेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad