Namaste Icon
Ad

‘कोरोना नाशक चुर्ण’, ८ दिनमै कोरोना संक्रमण जित्ने रोकायाको दाबी

‘कोरोना नाशक चुर्ण’, ८ दिनमै कोरोना संक्रमण जित्ने रोकायाको दाबी

काठमाडौं । जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले यस्तो दाबी गरेका हुन् । अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने,‘हामीले तयार पारेको कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको छ ।

अहिलेसम्म ६० जनालाई यो औषधीले धेरै राम्रो गरेको छ । संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’  रोकायले अहिलेसम्म नेपालका ९ जिल्लामा वितरण गरिएको पनि जानकारी दिए । उनकाअनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ । ‘यो औषधी धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ।’–उनले भने ।

Ad

सम्बन्धित समाचारहरु

कोरोना जितेका मेयरको आईसोलेसन अनुभव - आफैँलाई पर्दा मात्र पीडा थाहा हुनेरहेछ

गजेन्द्र महर्जन,गोदावरी नगरप्रमुख

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad