Namaste Icon
Ad

तयार भयो बागमती गाउँपालिका स्तरीय अस्पताल, छिटै सेवा सुरु हुने

तयार भयो बागमती गाउँपालिका स्तरीय अस्पताल, छिटै सेवा सुरु हुने

सन्तोष दाहाल, ललितपुर। २०७४ सालको मङ्सिरमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा ललितपुर जिल्ला क्षेत्र नं १(ख) बाट बागमती प्रदेश संसदको उम्मेदवार बनेका चेतनाथ सञ्जेलको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रको लागि उल्लेख गरिएको एउटा प्रतिबद्धता थियो, हरेक गाउँपालिकामा एउटा गाउँपालिका स्तरीय अस्पताल निर्माण गर्ने। राजधानीको नजिकै रहेर पनि सामान्य बिरामी हुँदा समेत उपचारको लागि पाटन नै धाउनुपर्ने विकराल अवस्थाबाट पिल्सिएका दक्षिण ललितपुर बासी जनताको लागि यो एउटा महत्त्वाकांक्षी प्रतिबद्धता थियो।

चुनाव जितेर प्रदेश सरकार गठन भएलगत्तै आफ्ना प्रतिबद्धताहरुको कार्यान्वयन गर्न र मतदाताको सुखदुखमा साथ् दिनका लागि सांसद संजेलको सक्रियता उल्लेखनीय रहयो। शिक्षा, स्वास्थ्य,सडक, कृषि, पर्यटन लगायतका क्षेत्रमा उनले विभिन्न योजनाहरु प्रदेश मार्फत पहल गरेर ल्याईरहेका छन् र तीनको कार्यान्वयन पनि क्रमिक रुपमा भईरहेको छ। यसैगरी आर्थिक वर्ष २०७५/०७६ मै सामाजिक विकास मन्त्रालयमार्फत बागमती गाउँपालिका स्तरीय अस्पताल निर्माणको लागि ३ करोड ६० लाख विनियोजन भयो।

बागमती गाउँपालिका ४ प्युटारको थान्सिङटारमा निर्माण हुने भनिएको उक्त योजनाको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरेका थिए। हाल उक्त अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ। कुल २ करोड ३ लाखको लागतमा ज्ञानज्योति बिल्डर्स कम्पनीले उक्त अस्पताल भवनको निर्माण गरेको हो। तत्कालका लागि १५ शैय्या रहने उक्त अस्पतालमा अब छिटै सेवा सुरु हुने सांसद संजेलले जानकारी दिएका छन्। उक्त अस्पताल बाट बागमती गाउँपालिका सहित महांकाल गाउँपालिकाको ठुलादुर्लुङ, काभ्रे जिल्लाको खानीखोला गाउँपालिका , मकवानपुरको बागमती गाउँपालिका, बकैया गाउँपालिका लगायतका जनता लाभान्वित हुनेछन।

सोमबार सांसद चेतनाथ संजेल, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रन्जना घिमिरे सहितको टोलीले उक्त अस्पताल भवनको निरीक्षण गरेका छन्। उक्त निरीक्षणमा सांसद संजेलले प्रक्रियाबद्ध रुपमै समयमै भवन निर्माण भएकोमा निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए। अनुगमनमा नेकपा जिल्ला कमिटि सदस्यहरु भक्तबहादुर दर्लामी'निशान ', कृष्ण बल,वडाध्यक्ष नारायण बहादुर घले लगायतको सहभागिता रहेको थियो।

Ad

सम्बन्धित समाचारहरु

कोरोना जितेका मेयरको आईसोलेसन अनुभव - आफैँलाई पर्दा मात्र पीडा थाहा हुनेरहेछ

गजेन्द्र महर्जन,गोदावरी नगरप्रमुख

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad