Namaste Icon
Ad

साइबर सेक्युरिटीमा लगानी गर्न एनआरएनए विज्ञ सम्मेलनको सुझाव

साइबर सेक्युरिटीमा लगानी गर्न एनआरएनए विज्ञ सम्मेलनको सुझाव

काठमाडौं । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी सेसनमा वक्ताले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने सुझाव दिए । पूर्वमन्त्री गणेश शाहले डिजिटल ट्रान्सफरमेशनलाई विशेष जोड दिनुपर्ने बताउँदै कोभिड महामारीपछि शिक्षामा आइटी प्रयोगमा जोड दिन आवश्यक देखिएको बताए ।

डिजिटल साक्षरता बढाउन गैरआवासीयले ध्यान दिनुपर्छ भन्दै उहाँले स्वास्थ्य र कृषि क्षेत्रमा पनि डिजिटल्ली जान सकिने भनाइ राखे । होवार्ड युनिभर्सिटीका प्रा दण्ड रावतले साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताए । युनिभसिर्टी अफ टुर्कु फिनल्यान्डका प्रा राजीव कान्तले स्मार्ट सिटी निर्माणमा ध्यान दिनुपर्ने बताए । आइसिटी रिपोर्टले स्मार्ट सिटी निर्माण गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो ।

एनआइसिटी टोक्यो जापानका रिसर्च म्यानेजर ड वेदप्रसाद काफ्लेले डिजिटल प्रविधिका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताए । प्रविधि आत्मसात् गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउँदै उनले फाइभ जी नेटवर्कको प्रयोग र सेवाबाट जीवन सहज बनाउन सकिने भनाइ राखे । नेपाल प्रहरीका पूर्वअधिकृत राजीव सुब्बाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा अन्तरसम्बन्धित हुने बताए । नेपाल र भारतको नक्शा विवादसँगै नेपाल र भारतका ह्याकरले वेबसाइट ह्याक गर्ने गरेको उनले बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको बताउँदै साइबर नभएका ठाउँमा छिट्टै फाइबर विस्तार गरिने जानकारी दिए ।नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले १० वर्षमा मोबाइल र डाटा प्रयोग बढ्दै गएको बताए । छ प्रदायक संस्थाले मोबाइल सेवा दिइरहेको बताउँदै उनले डिजिटल नेपालको परिकल्पना र दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागि टेलिकमलाई महत्वपूर्ण स्थान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । वल्र्डलिंक कम्युनिकेशन चिफ टेक्निकल अफिसर समित झानाले साइबर सेक्युरिटी लको विषयतिर लगानी गर्न आवश्यक देखिएको सुझाव दिए । – रासस

Ad

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेजहरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी मिति २०७७।६।२९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ ।

पाकिस्तानले लगायो टिकटकमा प्रतिबन्ध

पाकिस्तानले लगायो टिकटकमा प्रतिबन्ध

इस्लामावाद । पाकिस्तानी दूरसंचार प्राधिकरण ‘पीटीए’ले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्तानले टिकटकले अश्लिल सामग्रीलाई बढावा दिएको र त्यस्ता सामग्रीलाई फिल्टर गर्न नसकेकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad