Namaste Icon
Ad

कोरोना जितेकाको अनुभव - लक्षण नहुँदा पनि जीत सहज भएन

कोरोना कहरमा पैसाले काम गरेन

कोरोना जितेकाको अनुभव - लक्षण नहुँदा पनि जीत सहज भएन

दीर्ग खत्री


कोरोना महमारीको विश्वव्यापी सक्रमणका सन्देशका वीच सावधानी आपनाएर आफ्ना दैनिक गतिविधिलाई निरन्तरता दिन निक्कै प्रयान्त गरिरहेको थिएँ । प्रयासहरु फिक्का सावित हुदै लकडाउनका कारण थुप्रै दैनिक कामकाज प्रभावित भइरहेका थिएँ । सबै यात्राहरु प्रभावित भएका थिएँ । घरबसाइका क्रममा एक्कासी भाद्र १८ गते वेलुका ज्वारो र शरिरका जोर्नी खपिनसक्नु गरी दुख्यो । यो क्रम ४८ घण्टा रह्यो । १९ गते रातीसम्म ज्वरो र शरिरका जोर्नी दुखाई कम भइसकेको थियो, तर पनि कोरोना सक्रमण हुन सक्दछ भन्ने आशंका भएकाले २१ गते स्वाब टेष्टका लागि पठाइयो । भाद्र २३ गते खबर आयो जिल्लाभरीमा म लगायत ९ जनालाई कोरोनाको सक्रमण देखिएको छ । म एक्कासी छाँगाबाट खसे झै भएर सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेँ आफु पनि सुरक्षित भएँ । आइसुलेसन वस्न सामुदायिक अस्पताल लागेँ । स्वस्थ्य अवस्था सामान्य रहेकोले मैले कुनै पनि औषधीको प्रयोग गर्नु परेन । भाद्र २८ गते जिल्लामा एकैपटक १८ जना सक्रमित थपिए । ओखलढुंगामा रहेका आइसुलेसन बेड अभाव भई सकेको थियो । सोही दिनको मध्येरातमा सक्रमित एक महिला राति १२ः४५ बजे प्रसुति व्यथाका कारण प्रताडित भईन । उनको उद्धार गर्न सगै आइसुलेसनमा रहेका पाटी सभापति प्रदिप सुनुवारलाई खबर आयो । उनको उद्धारको लागि प्रयात्न ग¥यौ । त्यो रात तिनै महिलाको उद्धारमा वित्यो । आइसुलेसनको प्रसुति कक्षमा पु¥याउन वितिकै उनि छोराको आमा बनिन । उनको व्यवस्थापनको खातिर म २९ गते रुम्जाटार अस्पतालको आइसुलेसनमा जाने निधो गरेँ ।

सक्रमण जित्न खानेकुराको नै प्रमुख भूमिका
हामीले खानेकुराको जोहो गरेका थिएनौं । कोरोनाको कहर फैलिएसँगै बजार पसल लगायत सबै क्षेत्र ठप्प भएँ । साथमा पैसा भएर पनि कुनै खानेकुरा किन्न सकिने संभावना थिएन । पोसिलो खानेकुरा खानपाउने संभावना नै थिएन । सरकारी निति अनुरुप दैनिक ४ पटक पोसिलो खानेकुरा खानुपर्ने व्यवस्था कार्यन्वयन गर्न सकिएन । आइसुलेसन दालभात तरकारीले ११ दिन सम्म दैनिकी गुजार्ने प्रयास गरियो । हामीलाई फलस्वरुप दोस्रो पटक सक्रमण दोहोरियो । बर्णालु र रुम्जाटारमा रहेका सबै साथीभाईसँग हारगुहार गरियो । दैनिक लोकल कुखुराको र खसीको सुप, हरियो साग सब्जी, सुप अण्डा, बजारमा पाइने रेडिमेट सुप, मह, हर्लिक्स, काजु, आल्मोन, बेसारपानी, अदुवापानी, दुध, फलफुल आदि खानेकुरा सीमा नागेर खाइयो । तुलसीको पात, गुर्जाे, आयुर्वेदिक औषधी र अस्पतालले दिएका भिटामिन ट्ब्लेट नियमिति सेवन गरियो । दिनमा ३ पटक फरक÷फरक फ्लेबर भएको तातोपानीको बाफ लिने गरियो । शारिरिक व्यायम व्यवस्थित ढंगाले नियमित गरियो, फलस्वरुप सक्रमणमुक्त हुन सफल भइयो ।

रिर्पोटको प्रतिक्षा
ओखलढुंगाको पिसिआर रिर्पोट आउन छिटोमा ३ देखि ५ पाँच दिन लाग्ने रहेछ । नजिकको ल्याव बनेपामा स्वाब पु¥याउन सहज सवरी साधनको अभाव रहेछ । सक्रमितलाई पिसिआर टेष्ट भएका दिन देखि रिर्पोटको कहर शुरु हुदो रहेछ । मेरा लागि ४ पटक सम्म रिर्पोटको प्रतिक्षा अवधि कष्टकर नै रह्यो । शुरुमा परिवारका सबै सदस्य ४ जनालाई सक्रमण देखिएपछि आफु विछिप्त बनेँ । असोज ८ गते दोस्रो रिर्पोट पनि परिवारका सबै सदस्यको सक्रमाणमुक्त नभएको खबरले खपिसक्नु भएन । परिवार नै सखाब भएको आभास भई स्तव्ध बनायो । तर आफु पनि विचलित भइन । असोज १३ गते डाक्टर र जिल्ला स्वस्थ्य प्रमख सुमन तिवारीले बोलाएँ र अत्यन्तै मर्माहित हुदै परिवारका सदस्यहरु लगायत सबै सक्रमणमुक्त भए । तेस्रो रिर्पोट अध्ययन गर्न दिएर भने जिल्लाभरीमा तपाई मात्र सक्रमित हुनुहुन्छ । आफुले त्यसलाई सहज रुपमा लिने अभ्यास गरेँ । शुसिला लगायत ४ जना बसेर खबर सुनाएँ । सबै स्तब्ध भए, नआत्तिन आग्रह गरेँ । उनिहरुलाई घरमा जान सुझाउदै आफुु सामुदायिक अस्पतालको आइसुलेसनमा बस्ने निधो गरेँ । चौथो रिर्पोटको प्रतिक्षा मेरो लागि थप पिडादायी थियो । ३० औं दिनको बसाई पछि १९ गते १ बजे यस पटक भने मलाई कोरोना सक्रमणमुक्त भएको खबर प्राप्त भयो, तब म फुरुगं हुदै खुशी साट्न शुरु गरें ।

आइसोलेसन बसाईमा सरोकारको साथ
सामुदायिक अस्पतालमा दिनमा दुइपटक स्वस्थ्यकर्मीले गर्ने स्वस्थ्य जाँच र दिन विराएर विषेशज्ञ डाक्टरले दिएको सेवाले मनोवैज्ञानिक रुपमा कोरोना जित्न सहज बनायो । रुम्जाटारमा डक्टारहरुको लागि बन्दै गरेको क्वटारलाई आइसोलेसन बनाएको हुदाँ सुविधा सम्पन्न रहकोे आशा थियो, तर ठेकेदारका कारण कुरुप रहेछ, कोठाहरुमा पानीको आहाल बनेका रहेछन । अस्पतालका कर्मचारी र स्वस्थ्य कार्यालय प्रमुखको समन्वयमा आधारभुत समस्या साधान गरियो । आइसुलेसन सुधार्न अस्पताल टिमको अत्यन्तै राम्रो साथ पाइयो । परिवारका सबैलाई दोस्रो पटक पनि सक्रमण देखिए पछि स्वस्थ्य परिक्षणको व्यवस्था मिलाउन अस्पताल प्रशासनसँग अनुनय विनय गरेँ । आइसुलेसनमा स्वस्थ्य जाँचको कुनै प्रबन्ध भएन । म मा शुरु देखि नै कोरोना सहजमुक्त हुने विश्वसमा कमी आउन दिइन । मेरो लागि सञ्चारमाध्यमाबाट प्राप्त सहनुभुतिले आत्मबल बलियो बनाउन सहयोग पु¥यो । विभिन्न सञ्चारमाध्यमबाट परिवारका सदस्य शुभेच्छुक शुभचिन्तकहरुलाई आफुले कोरोना छिट्टै जित्ने आत्मविश्वास प्रवाह गरी रहेँ । अन्ततः टेलिमेडिसियन सेवा नै कोरोना जित्न अस्त्र बनाइयो । आनलाइन मार्फत भएका सामुदायिक वनका बैठकहरुमा सहभागी भएँ, अनलाइनका सञ्चारसेवा मार्फत सुचना आदनप्रदान गर्न सक्ने काम गरियो । ७ दिनको सामुदायिक अस्पतालको एक्लो बसाई र अस्पतालको सेवाले कोरोना जित्न सहज बनायो ।

समुदायको सद्भावको आशा
कतिपयले कोरोनाको प्रवाह नै नगरी सहयोग गरि रहे । उनिहरुप्रति म सधैं नतमस्तक छु । कोभिड १९ सरुवा सक्रमण भएकोले स्वस्थ्य माफदण्ड पालना गर्न सक्रमित लगायत सबैका लागि महत्वपुर्ण छ । आफु सुरक्षित रहन खोज्नु ठिकै हो, तर माफदण्ड भन्दा माथी उठेर स्वस्थ्यकर्मी र समुदायले गर्ने अपमानले कतै आफुले ठुलो अपराध त गरेको छुइन ? भन्ने प्रश्न खडा भइरह्यो । त्यही भिडमा रहेका कतिपयले भने आफुलाई कुर्वानी गरेर सहयोग पु¥याए । भनिन्छ संकटका बेलामा सच्चा साथीको पहिचाहन हुन्छ, असल मित्रको पहिचान गर्ने अवसर पनि मिल्यो । त्यही व्यवहारका कारण भोलीका दिनमा कोरोनाको कहर मेटाउन कुनै कसुर बाँकी राख्दिन भन्ने आफुलाई दृढ संकल्पीत बनाएँं ।

खत्री सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष हुन्

Ad

सम्बन्धित समाचारहरु

कोरोना जितेका मेयरको आईसोलेसन अनुभव - आफैँलाई पर्दा मात्र पीडा थाहा हुनेरहेछ

गजेन्द्र महर्जन,गोदावरी नगरप्रमुख

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad