Namaste Icon
Ad

कोरोनाका कारण तराईका भूमिहीन किसान भोकमरीमा

कोरोनाका कारण तराईका भूमिहीन किसान भोकमरीमा

काठमाडौं । खाद्य अधिकार र खाद्य सम्प्रभुत्ताका लागि सबैभन्दा पहिले भूमि अधिकारको सुनिश्चितता हुनुपर्ने विज्ञहरुले बताएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा खाद्यका लागि कृषि अभियानलगायत सरोकारवाला विभिन्न २० वटा संस्थाद्धारा मंगलबार आयोजित भूमिहीन किसानको खाद्य अधिकार विषयक छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कृषि विज्ञ डा यमुुना घलेले स्थानीय खानालाई आयातित खानाले विस्थापित गर्दै गएकोले खाद्य सुरक्षा र खाद्य अधिकार खोसिँँदै गएको बताइन । आफनै देशमा पाइने चिनोलाई वेवास्ता गर्दै विदेशबाट ल्याएर खाने परिपाटीको विकास भएकोमा उनले चिन्ता व्यक्त गरिन । पछिल्लो समय खाना पनि राजनीति घुसाइएकोले पनि खाद्यान्नमा परनिर्भरता बढ्न गएको उनको भनाइ छ ।


विपदको समयमा दाताहरुले सहयोगका नाममा हाइब्रीड भित्र्याएर आफ्नो व्यापार बढाउने र बीउमा समेत परनिर्भर बनाउने प्रवृत्ति देखिएको भन्दै यसतर्फ पनि सचेत हुनुपर्ने बताइन । कृषि र भूमि व्यवस्थालाई स्थानीयकरण गरेर कृषिका कार्यक्रमहरु गाउँपालिका तथा नगरपालिकामार्फत संचालन गरिनुुपर्ने उनले सुझाव दिइन ।

भूमिहीनताः मधेशमा भोकको स्थिति र विकल्प विषयक कार्यपत्र प्रस्तुत गर्दै भूमि अधिकारकर्मी अरुण सदाले भूमिहीनहरु संकटको बेला सबैभन्दा बढी समस्यामा पर्ने गरेको बताए । कोरानाका कारण तराईका भूमिहीन किसान परिवार भोकमरीको चपेटामा परेको उनले बताए । खासगरी मुसर समुदायका महिला, बालबालिका र बृद्धाबृद्धाहरु यस्तो समस्यामा रहेको उनको भनाइ छ । महिलाहरुले ज्याला मजदुरी गरेर गुजारा चलाउने गरेकोमा उनीहरुले नियमितरुपमा मजदुरीको काम नपाउने र पाएपनि पुरुष मजदुरको तुलनामा कम पारिश्रमिक पाउने गरेको पनि उनले बताए । भूमिहीनसँग परिचयपत्र पनि नहुने भएकोले राज्यबाट पाउने सेवा सुविधाबाट समेत बन्चित रहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

यस्तो अवस्थामा कतिपयले घरेलु हिंसाको सामानाका साथै आत्म हत्यासमेत गर्न बाध्य हुने गरेको उनले बताए । राष्ट्रिय भूमि अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुव्वाले पछिल्लो समय नीतिगतरुपमा भूमि सुधारको विषय समाधान भएको भन्दै खाद्य अधिकार र खाद्य सुरक्षाका लागि स्थानीय तहको अगुवाइमा योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताइन ।


खानामाथिको राजनीतिलाई निरुत्साहित गर्न कोरोनालाई अवसरका रुपमा कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्नुपर्ने उनको भनाइ छ । केन्द्रिय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले खाद्य सुरक्षाका लागि सबैभन्दा पहिले भूमिहीनलाई जग्गाको व्यवस्था गरिनुपर्ने बताए । जग्गाको व्यवस्था गर्न नसकिए अन्य विकल्प खोज्दै भूमिहीनहरुको खाद्य सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने उनको भनाइ छ । डा. जगत बस्नेतले भूमि, कृषि र स्थानीय खानालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । समग्र भूमि तथा कृषिको नेतृत्व स्थानीय तह र समुदायलाई दिनुपर्ने उनको भनाइ छ । व्यापारी र दलालहरुले भारतबाट विषादीयुक्त फलफूल तरकारी तथा खाद्यन्न ल्याएर स्थानीय खानालाई विस्थापित गराइदिएको उनले बताए ।


वस्नेतले भने, ‘कृषि गर्नेहरुको हातमा जमिन भयो भने स्थानीय खाना संभव छ । त्यसका लागि भूमिहीन र गरिवहरु एकजुट हुनुपर्छ । उनीहरुलाइ संगठित गरेर खाद्यन्न र भूमिको ग्यारेन्टी गर्नुपर्छ । सरकार सन्यन्त्र गाउँ गाउँमा पुग्न नसक्दा भूमि तथा कृषिमा विचौलिया दलालहरुको पकडमा रहेको छ ।’ कार्यक्रममा बाँकेका जसवीर तथा कपिलवस्तुकी मंजु चौधरीले पनि भूमिहीनले भोग्नुपरेका समस्याका बारेमा चर्चा गरेकी थिइन ।

Ad

सम्बन्धित समाचारहरु

दुई रोपनी जमिनमा मेवा खेती शुरु

दुई रोपनी जमिनमा मेवा खेती शुरु

महाकाली नगरपालिका– ९ दत्तुका मोहनसिंह सामन्त र सुरज सामन्तले व्यक्तिगत लगानीमा मेवा खेती शुरु । कोभिड– १९ कारण घरमा बेरोजगार बस्नुभन्दा आफ्नै दुई रोपनी जमिनमा मेवा खेती शुरु गरेका हुन् । उनीहरुले पहिलो चरणमा २०० बोट मेवाका लगाएका छन् ।

संविधानले पनि  खाद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको : कृषि मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले खाद्य बाली जीवनको अस्तित्वसँग जोडिएकोले संविधानले पनि आद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको बताएका छन् । ४० औ विश्व खाद्य दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले संविधानको मर्मअनुसार नै ऐनको तर्जुमा गरिएको र नियमावली पनि बन्ने क्रममा रहेको उनको भनाइ छ । उनले सबैले खाने, स्वास्थकर खान पाउने अधिकारको विषय संवैधानिक र राजनीतिकरुपमा सम्बोधन भएको पनि अझै धेरै गर्न बाँकी रहेको बताए । त्यसका लागि कृषि प्राविधिकहरुले आफ्नो क्षेत्रमात्र नभइ समग्र कृृषि क्षेत्र विकासको सोच राखेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad