Namaste Icon
Ad

भर्चुअल तेक्वान्दो पुम्सेमा पार्वतीलाई स्वर्ण

भर्चुअल तेक्वान्दो पुम्सेमा पार्वतीलाई स्वर्ण

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन् । कागेश्वरी नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १८–३१ वर्षमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७।४० अंक जोड्दै पहिलो भएकी हुन् ।

७.२६ अंकसाथ स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् । भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राईले तेश्रो स्थानमा सीमित भए । यो स्पर्धामा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन् । सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए । उनले ६.१० अंक जोडे । ६.०३ अंकमा बागलुङका युकेश थापा मगर दोश्रो भए । सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उमर खान तेश्रो बने । प्रतियोगिताको १८ वर्ष पुरुषमा १३ औं सागका कांस्यधारी अस्मिन राउतले पहिलो स्थान हात पारे । स्युचाटारका उनले ६.६३ अंक प्राप्त गरे ।

५.७० अंक जोडेका मकवानपुरका कृष्णबहादुर बमजन दोश्रो भए भने चितवनका अब्बास खान र मूलपानीका विवेक श्रेष्ठ तेश्रो भए । त्यसै स्पर्धाको महिलामा ६.१३ अंक जोड्दै स्युचाटारकी मोनिका रम्तेलले शीर्ष स्थान कब्जा गरिन् । ६.०६ अंकसाथ चितवनकी जैनथ खातुन दोश्रो भइन् । सैनिक आवसीय महाविद्यालयका रोशनी श्रेष्ठ र रिता श्रेष्ठ तेश्रो भए । पुरुष ३१–४० वर्षमा ६.३० अंकसाथ बुटवलका सुरज श्रेष्ठले स्वर्ण चुमे । ६.०३ अंकमा बुटवलकै मदन थापा मगर दोश्रो भए । हीराहरि तेक्वान्दो डोजाङ, सिन्धुपाल्चोकका रमेश गुरुङ र यान्सुक तेक्वान्दो डोजाङका दुर्गामान तामाङ तेश्रो बने ।

 

Ad

सम्बन्धित समाचारहरु

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

ललितपुर। गोदावरी नगरपालिका ७ देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। बुरुन्चुलीमा स्थानीय एग्री युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई शुक्रबार बागमती प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा आयोजित दशैंको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नगद, मेडल, सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो।

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एएफसीका महासचिव डाटो विन्डसर जोनले लेखेका छन्, ‘हामी तपाईंलाई यो कुरा बताउन खुसी छौं कि एन्फाले ग्रासरुटस चार्टर ब्रोन्ज लेभेलको कांस्य तहको सदस्यताका लागि तपाईंको आवेदन एएफसी ग्रासरुट्स प्यानलले स्वीकृत गरेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad