Namaste Icon
Ad

खाली सिलिण्डरको मूल्य २ हजार १ सय लागू

खाली सिलिण्डरको मूल्य २ हजार १ सय लागू

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।

यसअघि सङ्घले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उहाँका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको छ । सङ्घले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिनसमेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिण्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।

सङ्घले तोकेको नयाँ मूल्य अुनसार रु एक सय बिक्रेताका लागि छुट्याइएको जनाएको छ । सङ्घले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिण्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ । उद्योग तथा बिक्रेता अुनसार खाली सिलिण्डरको मूल्य रु तीन हजार ५०० सम्म लिने गरिएकोमा आजबाट सबै उद्योगका सिलिण्डरको मूल्य रु दुई हजार एक सय लागू भएको छ ।– रासस

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।

बढी भाडा असुल्दै सार्वजनिक यातायात

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको भएपनि सवारी साधनहरुले अटेर गरेका छन । विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको थियो तर यात्रुसँग चढ्ने वित्तिकै २५ रुपैयाँ लिने गरेको गुनासो आएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad