Namaste Icon
Ad

प्रधानमन्त्री ओलीद्धारा १२औं पटक मन्त्रिपरिषद् विस्तार, पोखरेल हटाइए, थपिए तीन नयाँ मन्त्री

प्रधानमन्त्री ओलीद्धारा १२औं पटक मन्त्रिपरिषद् विस्तार, पोखरेल हटाइए, थपिए तीन नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका ईश्‍वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएका छन्। तीनजना नयाँ मन्त्री थप्‍ने क्रममा प्रधानमन्त्री ओलीले पोखरेललाई रक्षाबाट हटाएका हुन्। पोखरेललाई रक्षाबाट हटाएर उक्त मन्त्रालय ओली आफैंले लिएका छन्। ओलीले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रिक्त रहेका तीनवटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका छन्।

उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्।  दुई मन्त्रीको जिम्मेवारी पनि ओलीले हेरफेर गरेका छन्। अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन्। त्यस्तै उनले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन्। पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थिए।

Ad

सम्बन्धित समाचारहरु

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका छन्। कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता रावलले ट्विटरमार्फत दसैं खर्चबापतको रकम फिर्ता गर्न मञ्जुर रहेको घोषणा गरेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad