Namaste Icon
Ad

ट्रम्पको कान्छो छोरालाई कोरोना

ट्रम्पको कान्छो छोरालाई कोरोना

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ । प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको खुलाएकी हुन् । कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले संक्रमण मुक्त भइसकेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । ब्यारन संक्रमित भएको खबर अहिलेसम्म लुकाइएको थियो ।

प्रथम महिला मिलानियाले ब्यारन संक्रमित भएपछि आफ्नो त्रास यथार्थमा परिणत भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘तर उ बलियो किशोर हो र कुनै लक्षण देखिएन ।’ राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।

चुनावी अभियानका लागि बुधबार आयोवा जाने बेला ट्रम्पले पत्रकारसँग आफ्नो कान्छो छोराले राम्रो गरिरहेको बताएका थिए । सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने कार्यक्रमबाट ह्वाइट हाउसका उच्च अधिकारीमा संक्रमण फैलिएको अनुमान छ । अमेरिकामा ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म दुई लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

फ्रान्समा एक शिक्षकको टाउको काटेर हत्या, आक्रमणकारी यसरी मारिए

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा शुक्रवार एक आक्रमणकारीले शिक्षकको टाउको काटेर हत्या गरेका छन्। बीबीसीका अनुसार शुक्रबार साँझ ५ बजे आक्रमणकारीले चक्कुले शिक्षकको टाउको काटेका हुन्। प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा गोली हान्नुपरेकाले उनको मृत्यु भएको छ। आक्रमणकारीको नाम भने खुलेको छैन।

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad