Namaste Icon
Ad

सुदूरपश्चिमका नौ सञ्चारकर्मीलाई कोरोना

सुदूरपश्चिमका नौ सञ्चारकर्मीलाई कोरोना

धनगढी । सुदूरपश्चिममा हालसम्म नौ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका आठ र कञ्चनपुरका एक सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीले जनाएको छ।  महासङ्घका अनुसार तीमध्ये ६ जना पत्रकार र तीन जना प्राविधिकलाई कोरोना पुष्टि भएको हो। दुई हप्ता अघिसम्म सुदूरपश्चिमका कुनै पत्रकारलाई नदेखिएको कोरोना संक्रमण एकाएक बढ्दै गएको छ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भइ पूर्व सतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ। महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहले पत्रकारहरूले समाचार संकलन गर्दा व्यक्तिगत सुरक्षामा ध्यान दिनु जरुरी रहेको बताए। उनले जोखिममा रहेका पत्रकारहरूको कोरोना परीक्षणका लागी सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाए।

यस्तै, पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले कैलालीका पाँच जना पत्रकार र तीन जना प्राविधिकलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्‌। संक्रमितमध्ये एक जना पत्रकार निको भइसकेका छन् भने बाँकी आइसोलेसनमा उपचाररत छन्‌।

पत्रकारहरूले व्यक्तिगत सुरक्षा सावधानी अपनाउनु बाहेक विकल्प नरहेको उनले बताए। जोशीले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा परेका पत्रकारको निस्शुल्क कोरोना परीक्षण गर्न प्रदेश र स्थानिय सरकारसँग निरन्तर पहल भइरहेको छ, यद्यपी पत्रकारहरूले सुरक्षा सावधानी अपनाउनु जरुरी छ।’

संक्रमण पुष्टि भएका पत्रकारहरूको आइसोलेसनको लागी पत्रकार महासंघ कैलालीको भवन तयारी अवस्थामा राखिएको र कसैलाई समस्या परेको खण्डमा बस्न र खानाको लागी व्यवस्था भइरहेको उनले जानकारी दिए।

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad