Namaste Icon
Ad

इटालियन फुजी स्याउको उत्पादन वृद्धि

इटालियन फुजी स्याउको उत्पादन वृद्धि

विजय रावत, जुम्ला । जिल्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर भएको कृषि सहकारी फर्मका व्यवस्थापक सरोज शाहीले बताए । चार हजार हेक्टर जमिनमा लगाइएका एक हजार एकसय बिरुवाबाट करिब छ टनसम्म उक्त स्याउ उत्पादन भएको उल्लेख गर्दै उनले भने, ‘फुजी स्याउबाट गत वर्ष रू दुई लाखभन्दा बढी आम्दानी भएकामा यो वर्ष आम्दानी दोब्बर भएको छ ।’ फर्ममा दुई टन गोल्डेन डेलिसियस र चार टन रेड डेलिसियस स्याउ उत्पादन भएको भएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउ स्वादिलो हुने भएकोले यसको माग स्थानीय तथा बाहिरी बजारमा समेत हुने गरेको सो फर्मले जनाएको छ ।

जिल्लामै प्रतिकिलो रू एकसय ५० मा सो स्याउ बिक्री हुने गरे पनि मागअनुसार उत्पादन गर्न सकिएको छैन भने ग्रेडिङ मेसिन नहुँदा स्याउ प्याकिङमा ढिलाइ भएको व्यवस्थापक शााहीको भनाइ थियो । उक्त स्याउ उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्ला शाखाले सिँचाई तथा मलजलका लागि सहयोग उपलब्ध गराएको थियो भने कृषि विकास कार्यालयले आरी, सिकेचर र कार्टुनजस्ता सामग्राीको अनुदानमा उपलब्ध गराएको थियो ।

सत्ताइस हजार बिरुवाभित्र्याइँदै
चालू आर्थिक वर्षमा उक्त शाखाले २७ हजार इटालियन फुजी स्याउका बिरुवा उपलब्ध गराउने भएको छ । उक्त स्याउको माग र मूल्य बढेपछि जिल्लामा यस वर्ष २७ हजार बिरुवा ल्याएर स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्यक्रम रहेको शाखाप्रमुख नवराज भण्डारीले बताए । पाखो र भिरालो जमिनमा पनि स्याउ उत्पादन हुने भएकाले यसको माग बढेको उनको भनाइ थियो ।

नेपालमा उक्त स्याउको नर्सरी स्थापना हुन नसक्दा लाखौ रकम बाहिरिने भएकाले जिल्लामै हाईटेक नर्सरीमा ग्रफ्टिङ गरेर परीक्षण शुरू गरिएको छ । गत वर्ष मात्रै २५० बिरुवामा ग्राफ्टिङ गरिएकामा तिनमा फल लाग्ने वा नलाग्ने यो वर्ष टुँगो लाग्छ । परीक्षण सफल भएमा जुम्लामै प्रयाप्त नर्सरी स्थापना गरेर फुजी स्याउ विस्तार गरिने उक्त शाखाले जनाएको छ ।– रासस

Ad

सम्बन्धित समाचारहरु

दुई रोपनी जमिनमा मेवा खेती शुरु

दुई रोपनी जमिनमा मेवा खेती शुरु

महाकाली नगरपालिका– ९ दत्तुका मोहनसिंह सामन्त र सुरज सामन्तले व्यक्तिगत लगानीमा मेवा खेती शुरु । कोभिड– १९ कारण घरमा बेरोजगार बस्नुभन्दा आफ्नै दुई रोपनी जमिनमा मेवा खेती शुरु गरेका हुन् । उनीहरुले पहिलो चरणमा २०० बोट मेवाका लगाएका छन् ।

संविधानले पनि  खाद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको : कृषि मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले खाद्य बाली जीवनको अस्तित्वसँग जोडिएकोले संविधानले पनि आद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको बताएका छन् । ४० औ विश्व खाद्य दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले संविधानको मर्मअनुसार नै ऐनको तर्जुमा गरिएको र नियमावली पनि बन्ने क्रममा रहेको उनको भनाइ छ । उनले सबैले खाने, स्वास्थकर खान पाउने अधिकारको विषय संवैधानिक र राजनीतिकरुपमा सम्बोधन भएको पनि अझै धेरै गर्न बाँकी रहेको बताए । त्यसका लागि कृषि प्राविधिकहरुले आफ्नो क्षेत्रमात्र नभइ समग्र कृृषि क्षेत्र विकासको सोच राखेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad