Namaste Icon
Ad

सांसद निरु पाललाई कोरोना संक्रमण

सांसद निरु पाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपाकी सांसद एवं महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्। आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गरेको उनले बताइन्। उनले आफूलाई कोभिड–१९ देखिएपनि हार नमान्ने बताएकी छिन्।

उनले भनेकी छिन्,‘कोरोना लागेपनि म यति छिट्टै हार खादिनँ। मलाई विश्वास छ म कोरोना जितेर छिट्टै काममा फर्किनेछु।’ उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन भनेकी छिन्।

Ad

सम्बन्धित समाचारहरु

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका छन्। कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता रावलले ट्विटरमार्फत दसैं खर्चबापतको रकम फिर्ता गर्न मञ्जुर रहेको घोषणा गरेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad