Namaste Icon
Ad

नवनियुक्त अर्थमन्त्री पौडेलले दिए यस्ता निर्देशन

नवनियुक्त अर्थमन्त्री पौडेलले दिए यस्ता निर्देशन

काठमाडौं । अर्थमन्त्री बनेपछि विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै करिब आधा घण्टा सचिव र सहसचिवहरुसँग छलफल गरेका छन्। उनले आज कार्यभार सम्हालेपछि अर्थ मन्त्रालयको सुवर्ण शमशेर हलमा सचिवहरु शिशिर ढुंगाना र रामशरण पुडासैनी, अर्थ मन्त्रालयका सबै महाशाखा प्रमुखहरु ९सहसचिवहरु० साथै अर्थ मन्त्रालयमातहत सबै निकायका प्रमुखहसँग छलफल गरेका हुन्।

छलफलमा उनले आफू सर्वेसर्वा नभएको र तपाईंहरुले नै सबै काम गर्नुपर्ने हुनाले तपाईंहरुको सुझावअनुसार आफू अघि बढ्ने बताए। उनले सुरुमा अर्थतन्त्रको सूचकाङ्कको अवस्थाबारे जिज्ञासा राखेका थिए। हाल राजस्व संकलन, खर्चजस्ता सूचकांकहरुलाई ध्यान दिन र सोहीअनुसार कामलाई प्रभावकारी बनाउन उनले सबैलाई निर्देशन दिए।

कोरोना संकट विश्वव्यापी समस्या भएको कारण नेपालजस्तो अन्य देशले के–कसरी काम गरिरहेका छन्, त्यसको समेत अध्ययन गर्न उनले भनेका छन्।उनले अहिलेको अवस्थामा वैदेशिक लगानी पनि अत्यन्तै आवश्यक रहेको आफूले महसुस गरेको र आगामी दिनमा सो नीतिलाई ध्यानमा राखेर कार्ययोजनाहरु निर्माण गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

उक्त छलफलमा उनले भने, ‘बजेट तथा अर्थ मन्त्रालयले योभन्दा अघि लिएको योजनालाई नै कार्यान्वयन कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ, त्यसमा नै मेरो जोड हुनेछ।’ संघीयता कार्यान्वयनकै क्रममा रहेको समस्या र आर्थिक संघीयतामा देखिएका द्विविधा पनि हेर्न आवश्यक रहेको भन्दै उनले त्यसमा छलफल गर्नुपर्ने बताएका थिए।

साथै नवनियुक्त मन्त्री पौडेलले अब अर्थ मन्त्रालय दुई हिसाबमा अघि बढ्नुपर्ने बताए। पौडेलले त्यसका लागि पहिलो नीतिगत सुधारहरु गर्नको लागि आहिले आवश्यक गर्नैपर्ने कामहरुको सूची तयार गर्न भनेका छन् भने अर्कोअर्थ मन्त्रालयको तर्फबाट हुने भौतिक कामहरु गर्नको लागि देखिएका समस्याहरुलाई सूचीकृत गर्न भनेका छन्। ‘देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ, तपाईंहरु र म बसेर गरौँला’, उनले छलफलमा भने, ‘अब अर्थ मन्त्रालयले लिने नीति र कामलाई सबैसामु देखिने गरी प्रभावकारी रुपमा अघि बढाउनुपर्छ।’

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।

बढी भाडा असुल्दै सार्वजनिक यातायात

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको भएपनि सवारी साधनहरुले अटेर गरेका छन । विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको थियो तर यात्रुसँग चढ्ने वित्तिकै २५ रुपैयाँ लिने गरेको गुनासो आएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad