Namaste Icon
Ad

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एएफसीका महासचिव डाटो विन्डसर जोनले लेखेका छन्, ‘हामी तपाईंलाई यो कुरा बताउन खुसी छौं कि एन्फाले ग्रासरुटस चार्टर ब्रोन्ज लेभेलको कांस्य तहको सदस्यताका लागि तपाईंको आवेदन एएफसी ग्रासरुट्स प्यानलले स्वीकृत गरेको छ ।’


एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई एन्फाको कडा परिश्रमको मान्यता भएको बताएका छन् । ‘यो नेपाली फुटबलको इतिहासमा ठूलो उपलब्धी हो । हाम्रो कडा मेहनतको फल पाएका छौं । यसले नेपाली फुटबलको विकासका लागि कडा मेहनत गर्ने बल पाएको छ,’ शेर्पाले भने । एन्फाका उपाध्यक्ष तथा ग्रासरुट्स र युवा संयोजक उपेन्द्र मान सिंहले यसलाई नेपाली फुटबलको माइलस्टोनको रुपमा व्यख्या गरे । उनले भने, ‘हामीले हाम्रो फुटबलको जग बलियो राख्नु महत्त्वपूर्ण छ र ग्रासरुट विकास विना हामीलाई थाहा छ हाम्रो जग कमजोर हुनेछ ।’ उनले यस वर्ष कोरोना महामारीले निकै प्रभाव पारेपनि यस सदस्यताले एन्फा र ग्रासरुटका खेलाडीलाई नयाँ उत्साहको अनुभूति दिनेछ विश्वास व्यक्त गरे । त्यस्तै ग्रासरुट्स म्यानेजर मनोज रंजीतले यो उपलब्धि करिब दुई बर्षको कार्यको परिणाम भएको बताए ।

Ad

सम्बन्धित समाचारहरु

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

ललितपुर। गोदावरी नगरपालिका ७ देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। बुरुन्चुलीमा स्थानीय एग्री युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई शुक्रबार बागमती प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा आयोजित दशैंको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नगद, मेडल, सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो।

फुटबल स्टार रोनाल्डोलाई कोरोना

फुटबल स्टार रोनाल्डोलाई कोरोना

एजेन्सि । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोमा पनि कोरोना संक्रमण भएको छ। मंगलबार संक्रमण देखिएका उनमा कुनै लक्षण भने नभएको पर्चुगिज फुटबल फेडरेसनले बताएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad