Namaste Icon
Ad

चर्चामा प्रकाश पराजुलीको ‘मन्जरी’ (भिडियोसहित)

चर्चामा प्रकाश पराजुलीको ‘मन्जरी’ (भिडियोसहित)

सुस्मा श्रेष्ठ, काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन । यसै क्रममा गायक एवम् संगितकार प्रकाश पराजुलीको ‘मन्जरी’ बोलको गीत सार्बजनिक भएको छ । यो भन्दा अगाडि गायक पराजुलिले आफ्नै स्वर शब्द संगीतमा दर्जनौं गीतहरु बजारमा ल्याइसकेका छन । यो मान्छे चिन्छौ, किन पाइनौ छोरी, शितलु, पान पाते ठुली टु गीतहरुले बजार पाए संगै बहुप्रतिभाका धनी गायक प्रकाश पराजुली चर्चामा आएका हुन।

पुनः आइतबार सार्बजनिक गरिएको नया गीत ‘मन्जरी’ ले छोटो समय मै सात लाख भन्दा बढी भ्युज कमाउन सफल भए पछि गायक पराजुलीको चर्चा बढ्दो क्रम थपिदै गएको हो । गायक पराजुली लाइभ दोहोरीका प्रखर एवम् रमाइलो लाइभ दोहोरिका सञ्चालक पनि हुन । धेरै एल्बमहरु बजारमा ल्यार्इसकेका स्वर तथा शब्दका धनी गायक प्रकाश पराजुली स्याङ्जामा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीतलाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै आएका हुन । सोमबार सार्बजनिक गरिएको ‘मन्जरी’ बोलको गीत लोकप्रिय गायिका देवी घर्ती मगर र प्रकाश पराजुलीको स्वरमा सजिएको छ ।

नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक पाराजुलीकै सङ्गीत रहेको छ । गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबिएन किस्मतले मिक्सिङ गरेका हुन् । अभिनेता राजेश हमालले लामो समय पछि अभिनय गरेको यस लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ ।

प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता हमाल, वर्षा र प्रकाशले कम्मर मर्काएका छन् जुन दर्शकले निकै प्रतीक्षा गरेका थिए । मौसम हिमालीले यि दुईलाई नचाएका हुन् ।भिडियो कारण चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् । गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ । गीत प्रकाश पराजुली नामक अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो।

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad