Namaste Icon
Ad

भजन गायक कृष्ण भण्डारीले सुरु गरे व्यावसाय, बिर्तामोडमा खोले डिका फेन्सी कलेक्सन

भजन गायक कृष्ण भण्डारीले सुरु गरे व्यावसाय, बिर्तामोडमा खोले डिका फेन्सी कलेक्सन

काठमाडौं । भजन गायकको परिचय बनाएका गायक तथा सर्जक कृष्ण भण्डारीले व्यावसाय पनि सुरु गरेका छन । कोरोना माहामारीले गदाए सवै क्षेत्र प्रभावित भइरहदां गीत संगितको क्षेत्र पनि प्रभावित भएको छ, आर्थिक अवस्थालाई मध्यनजर राख्दै गायक भण्डारीले कपडा व्यावसाय सञ्चालनमा ल्याएका हुन । गायक भण्डारीले २९ गते बिहिबार बिशेष पुजा–आजा र एक समारोह आयोजना गरि आफ्ना दूई छोरी आरोग्य भण्डारी र एन्जिना भन्डारीकोको हातबाट डिका फेन्सी कलेक्सनको उद्घाटन गरेका हुन । एक कार्यक्रमकाबीच युवा पं कुबेर सुबेदी, साहित्यकार तुलसी प्रसाद भट्टराई, भजन गायक राजु अधिकारी , रङ्गनाथ खनाल ज्युको बिशेष आतिथ्यमा सो कार्य सम्म्पन्न भएको हो ।

भण्डारीले दर्जनौ भजनहरु दर्शक श्रोतामाझ प्रस्तुत गरिसकेका उनका भजन उत्तिकै चर्चित पनि छन् । नयाँ व्यावसाय सञ्चालन गरेको विषयमा जानकारी दिंदै गायक भण्डारीले भने, ‘परिस्थितिले कहिलेकाही मान्छेलाई हिरो हुँदाहुँदै जिरोमा पनि झार्दो रहेछ र कोरोनाले हामीलाई आफू आत्मनिर्भर बन्नु पर्छ भन्ने ठूलो पाठ सिकाएको छ ।’

बिर्तामोड स्थित सिटिसेन्टरमा पर्ने डिका फेन्सी कलेक्सनबाट उनी ग्राहकहरुलाई सेवादिन पाउने पूर्ण बिश्वासमा छन् । भण्डारीले कोरोना माहामारीको बेलामा सबैलाई आफ्नो स्थानबाट सचेत भएर सामाजिक दुरी कायम गर्दै सेनिटाईजरको प्रयोग गरी आफु सुरक्षित र्भइ अरुलाई पनि सुरक्षित रहन आग्रह गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad