Namaste Icon
Ad

गण्डकी प्रदेश सदस्य रामबहादुर गुरुङलाई कोरोना पुष्टि

गण्डकी प्रदेश सदस्य रामबहादुर गुरुङलाई कोरोना पुष्टि

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य रामबहादुर गुरुङमा कोरोना पुष्टि भएको छ। बुधबार काठमाडौंमा परीक्षण गराएका गुरुङको बिहीबार आएको रिपोर्टले कोरोना पोजिटिभ आएको हो।

केही दिनयता तनहुँका विभिन्न क्षेत्रमा योजना अनुगमनमा हिँडेका गुरुङ धेरै कार्यक्रममा सहभागी समेत भएका थिए। प्रदेशबाट काठमाडौं जाने क्रममा हल्का ज्वरो आएपछि उनले बुधबार कोरोना परीक्षण गराएको सामाजिक सञ्जाल फेसबुमा सार्वजनिक गरेका छन्।

आफूलाई कोरोना संक्रमण भएकाले कान्तिपुर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएर कोभिडको उपचार गराइरहेको समेत उनले जनाएका छन्। साथै, आाफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गरेका छन्।

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad