Namaste Icon
Ad

बिरेन्द्र श्रेष्ठको परदेशीको जीवन बरिलै सार्वजनिक (भिडियोसहित)

बिरेन्द्र श्रेष्ठको परदेशीको जीवन बरिलै सार्वजनिक (भिडियोसहित)

काठमाडौं । बिरेन्द्र श्रेष्ठको परदेशीको जीवन बरिलै सार्वजनिक भएको छ । भावसागर इन्टरटेनमेन्टकी अम्बिका गुरुङ्गको शब्द, दिपकराज बिश्वकर्माको सङ्गीत र एरेन्ज र ई बीरेन्द्र श्रेष्ठको स्वरमा बनेको अडियोमा उदयमान मोडेल निर्मल खत्री परदेशीको अभिनय रहेको छ । गीतमा निशा राई मुख्य फिमेल मोडलको रुपमा छिन । बेरोजगारी, गरिबी, केही गरौ, नया ठाउँ देखौं भनि ठूलो उत्साह बोकेर बिदेशमा काम गर्न गएका आम मानिसको हवस्था कस्तो हुँदैछ भन्ने देख्न सकिन्छ ।

भिडियोमा झापा नाट्य घरका कलाकारहरुको सहभागिताले गीतको मर्म लाई जिवन्त बनाएको छ । ६ बर्षिया कलाकार नानू धानु, मोडेल निशा राई, पेम्बा शेर्पा, गजेन्द्र पृथक, माया सिटौला, माधव सिटौला लगायतको जिवन्त अभिनय देख्न सकिन्छ । माया लाग्छ निष्ठुरिको भन्ने गीतबाट म्युजिक भिडियो सुरु गरेका नवमोडेल निर्मल खत्रीको अभिनय आफैमा स्थापित कलाकारको झैं छ ।

हास्य कलाकार टिकाराम आचार्यको निर्देशनमा निर्मित म्युजिक भिडियोमा योगेस दहालले क्यामेरा र एडिटको जिम्मेवारी निर्वाह गरेका छन । ई बीरेन्द्र श्रेष्ठ र टिकाराम आचार्यले भिडियोलाई अन्तिम सम्म हेरिदिन आग्रह गरेका छन । भिडियोले हरेक यूवा आशै आशमा परदेशिने र बाकसमा लास बनेर फर्किन विवश युवाको कथा समेटिएको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad