Namaste Icon
Ad

पाँचथरमा बोलेरो दुर्घटनामा परि ६ जना घाइते

पाँचथरमा बोलेरो दुर्घटनामा परि ६ जना घाइते

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं। १–०१–००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक याङवरक–२ का २२ वर्षीय डिल्ली अधिकारीसहित छ जना घाइते भएका छन् । दुर्घटनामा याङवरक–२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका–३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका–१४ का विष्णुप्रसाद ओझी घाइते भएको प्रहरी जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि झापा पठाइएको छ । – रासस

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad