Namaste Icon
Ad

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३ औं स्थानमा पुगेको हो ।

सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ ।


एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको छ । राजधानी दैनिकबाट

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad