Namaste Icon
Ad

गायिका स्मिता दाहाल अब मोडल पनि, स्मिता र सलोन अभिनित म्युजिक भिडियो सार्वजनिक

गायिका स्मिता दाहाल अब मोडल पनि, स्मिता र सलोन अभिनित म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मिताको स्वर रहेको ुमायाले मलाई बोलायोु बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो।

गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ। भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ। सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठूलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा छ।

भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ। भिडियोको सम्पादन बनिश शाहले गरेका हुन्। गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन्।

पछिल्लो समय ठूलो लगानीमा म्युजिक भिडियोहरू बन्न थालेका छन् र ठुलो पर्दामा जमेका कलाकारको आकर्षण पनि म्युजिक भिडियोमा बढ्दो छ। यस गीतको भिडियोमा पनि ठूलै लगानी गरिएको छ। नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ुपर्फेक्ट प्लानुबाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन्।

 

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad