Namaste Icon
Ad

पूर्वराजा ज्ञानेन्द्रद्धारा दसैँमा शक्तिपिठहरुको दर्शन र टीका स्थगित

पूर्वराजा ज्ञानेन्द्रद्धारा दसैँमा शक्तिपिठहरुको दर्शन र टीका  स्थगित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा शक्तिपिठहरुको दर्शन नगर्ने भएका छन्। उनले दसैँका दिन सर्वसाधारण तथा शुभेच्छुकलाई टीका लगाउने कार्यक्रम पनि स्थगित गरेका छन्।

पूर्वराजा शाहले हरेक वर्ष विजयादशमी अन्तर्गत महाअष्टमीका दिन विभिन्न शक्तिपिठहरुको दर्शन गर्ने गरेका थिए भने दसैँका दिन सर्वसाधारणलाई टीका जमरा लगाउने गरेका थिए।

पूर्व राजा शाहले कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कत्र्वव्यशिलतालाई कायम राख्दै दसैँ पर्व शान्त शालीनता र सादगीका रुपमा मनाउने निधो गरेको निर्मल निवास सचिवालयले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad