Namaste Icon
Ad

‘पार्टीको विधान तथा पार्टी प्रणाली नमान्नेलाई पार्टीमा बस्ने अधिकार छैन’

‘पार्टीको विधान तथा पार्टी प्रणाली नमान्नेलाई पार्टीमा बस्ने अधिकार छैन’

रामप्रसाद रिजाल

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाएर २०७४ सालको निर्वाचनमा भाग लिए नेपाली जनताले स्थिरता शान्ति र विकासको लागि कम्युनिस्ट गठबन्धनलाई भोट दिए झण्डै दुई तिहाईको हाराहारीमा कम्युनिस्ट गठबन्धनले मत ल्याएर पार्टी नै एकीकृत गरी नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएर सरकार पनि संचालन गरिरहेको लगभग ३ वर्ष पुग्यो । तर जन चाहना अनुसार सरकार अघि बढ्नु सकेन भने पार्टीले पनि गति लिन सकेन यसको मुख्य कारण भनेको पार्टी कमिटीलाई प्रणालीलाई बाईपास गरेर प्रधानमन्त्री केपी ओली बढ्नु नै हो ।

सरकारलाई बलियो बनाउन संसारका विकसित देशहरुमा विपक्ष पार्टीलाई पनि सरकारमा सहभागिता गराएका उदाहरण हरु छन, तर प्रधानमन्त्री ओलीले आफ्नै दलका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि सौताको व्यवहार गरिरहेका छन । पार्टी कमिटीको निर्णयलाई कुल्चिदै आफूलाई सर्वोपरी ठानीरहेका छन । ओलीले पार्टी एकता सहमति लत्याईरहेका छन । नेकपाले ल्याएको यो विशाल जनमत नेपाली जनताले आफूलाई मात्र दिएको भन्ने किसिमको सोचबाट प्रधानमन्त्री ओली ग्रसित छन ।

अहिले सम्मको अवस्थालाई मूल्यांकन गर्दा पार्टी एकीकरणले पूर्णता पाउन नसक्नु, सरकार काण्डै काण्डमा रमाउनु, भ्रष्टहरुको संरक्षण प्रधानमन्त्री ओलीले नै गर्नु, ओलीसँग फरक मत राख्ने नेता कार्यकर्ता विरुद्ध ओली र उनको गुट खन्निनु मुख्यमन्त्री र केन्द्रमा मंत्रीहरु राजनीति नियुक्ति लगाएतमा ओलीको एकलौटी जस्तो निर्णयले प्रधानमंत्री ओली सरकार र पार्टी दुबै संचालन गर्न असक्षम भइसके त्यसैले ओली कमरेड सच्चिनै पर्छ । ओली स्वेच्छारी ढ़गले अघि बढीरहने हो, भने ओलीले नेकपा पार्टी र संघीय लोकतान्त्रिक व्यवस्था नै समाप्त गर्छन ।

त्यसैले नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई म यो लेखबाट अनुरोध गर्न चाहन्छु, नेकपा पार्टीलाई विधिः पद्धति मा अनुशासनमा चलाउनुहोस कम्युनिस्ट पार्टी जस्तो बनाउनुहोस, त्यसको लागि कोही कसैसँग सम्झौंता नगर्नुहोस, पार्टी कमिटी को निर्णय नमान्नेलाई पार्टी लाई सरकार लाई बाउको अंश ठान्नेहरुलाई सबक सिकाउनुहोस, हिम्मत गर्नुहोस, संसारमा अन्तिम मान्छे, अन्तिम शासक कोही हूदैन पार्टीले सरकार बनाएको पार्टीले अध्यक्ष बनाएको हो । पार्टीले प्रधानमन्त्री बनाएको राष्ट्रपति बनाएको हो । सबैलाई चेतना होस पार्टी निर्णय पार्टीको विधान पार्टी कमिटी पार्टी प्रणाली नमान्ने लाई पार्टीमा बस्ने अधिकार छैन ।

रामप्रसाद रिजाल नेता नेकपा तथा पूर्व केन्द्रीय सहायक प्रवक्ता समाजवादी पार्टी

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

'आदिवासी भित्र जात हुदैन जाति हुन्छ'

'आदिवासी भित्र जात हुदैन जाति हुन्छ'

अजय अलङकार रोतेम्बु ,

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad