Namaste Icon
Ad

गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्न रोक

गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्न रोक

काठमाडौं । पशुपति क्षेत्र विकास कोष मातहत रहेको गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएको कोषले जनाएको छ । कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुह्येश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो । कोषका तर्फबाट आज बिहान पूजा गर्न गएका पुजारीलगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डङ्गोलले पूजा गर्न नदिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा रहेका सुनको परिमाणबारे व्यवस्थापन समितिलाई स्पष्टीकरण सोधिएकाले पूजा गर्न नदिइएको उनले आरोप लगाए । समितिले चित्तबुझ्दो उत्तर नदिएकाले थप छानबिन गर्ने तयारी गरिएको कोषले जनाएको छ । समितिले भने मन्दिरमा पञ्चामृत, अण्डा र जाँडरक्सी चढाउँदा सुन खिइएको जिकिर गर्दै यससम्बन्धी स्पष्टीकरण कोषलाई बुझाइसकिएको जनाएको छ ।

गुह्येश्वरीक्षेत्र र चाबहिलक्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । यस कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने तयारी भएको बताए । - रासस

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad