Namaste Icon
Ad

पृतनापति सम्मेलन आइतबारदेखि

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक छ–छ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुने छ । सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन । उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंँडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad