Namaste Icon
Ad

सनराइज बैंककाे चाडपर्व विशेष अफर योजना

सनराइज बैंककाे चाडपर्व विशेष अफर योजना

काठमाडौ । सनराइज बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गराैं’ अभियानलाई आत्मसाथ गर्दै एफएल सफ्टसँग सहकार्य गरी चाडपर्व विशेष अफर योजना ल्याएको हो । यस योजनाअन्तर्गत बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० ग्राहकलाई एक÷एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।


नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्थासमेत बैंकले गरेको छ । बैंकले आफ्नो १३औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकसँग खुसी बाँड्न १ कात्तिक ०७७ देखि ५ मंसिर सम्मका लागि यो योजना ल्याएको हो ।

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।

बढी भाडा असुल्दै सार्वजनिक यातायात

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको भएपनि सवारी साधनहरुले अटेर गरेका छन । विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको थियो तर यात्रुसँग चढ्ने वित्तिकै २५ रुपैयाँ लिने गरेको गुनासो आएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad