Namaste Icon
Ad

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

काठमाडौँ । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । विगतमा फुटकर कविता, कथा लेख्दै आएकी अर्यालले पुस्तकाकारका रुपमा अहिले उपन्यास ल्याएकी हुन् ।

“उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ पुगेकी युवतीको प्रेम, सङ्घर्ष र सपनाको कोलाज हो, विस्मरण ।” उपन्यासका सम्पादक सूर्य बिसी थप्नुहुन्छ, “विस्मरण, बेरोजगार युवाको कथा हो । उसले सम्मानपूर्वक बाँच्न गरेको संघर्ष पनि हो ।” बिएन पुस्तक संसारबाट प्रकाशित विस्मरणमा युवाको कथा मात्र नभइ सुन्दर लेखन शैलीका कारण पनि पाठकको मन जित्ने विश्वास प्रकाशकले गरेको देखिन्छ ।

उपन्यासकी लेखक सरु अर्याल

 

उपन्यासमा परिवार धान्नका लागि विदेश गएकी केटीलाई मूल पात्रका रुपमा उभ्याईएको छ । विदेशबाट फर्किएपछि उनको परिवारको विघटन र अन्तिममा सुखद सम्भावनामा गएर उपन्यास टुङ्गिएको छ । उपन्यासमा प्रेम, सङ्घर्ष र समाजसँगको विद्रोहलाई कलात्मक रुपमा वर्णन गरिएको छ । २३२ पृष्ठको उक्त पुस्तकको बजार मूल्य रु ३५० रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

उत्प्रेरक वक्ता सन्तोष लामाको पहिलो कृति ‘सफलताको व्लुप्रिन्ट’ सार्वजनिक

काठमाडौं । विगत लामो समयदेखि उत्प्रेरक बक्ताको रुपमा चिनिएका सन्तोष लामाले पहिलो कृतिको रुपमा सफलताको व्लुप्रिन्ट पुस्तक बजारमा ल्याएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रका बीच उक्त पुस्ताक नेपाली कांग्रेसका नेता तथा सांसद बहादुरसिंह लामा, उत्प्रेरक बक्ता तथा समाजसेवी र सन्तोष लामा पिताले विमोचन गरे । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर सुदिप बस्नेत तथा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्ल, सर्जक भिम कुसारी लगायको उपस्थिती रहेको थियो ।

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ । देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२औं लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गरे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad