# भर्खरै
Namaste Icon
Ad

दशैंमा पनि तलब नपाउँदा बागमतीका शिक्षक आन्दोलित

दशैंमा पनि तलब नपाउँदा बागमतीका शिक्षक आन्दोलित

ललितपुर। बागमती गाउँपालिकाले दशैं मुखमै आईरहँदा पनि गाउँपालिकामा कार्यरत शिक्षकहरुको तलब निकासा नगर्दा शिक्षक तथा सम्बन्धित संघ संगठनहरु आन्दोलित बनेका छन् । विगत देखि नै शिक्षकको तलब निकासीका विषयमा विवादित बन्दै आईरहेको बागमती गाउँपालिकाले यस पटक पनि गत साउनदेखिको तलब निकासा गरेको छैन।

बागमती गाउँपालिका शिक्षक महासंघका अध्यक्ष दुधराज जिम्बाले महासंघ लगायत अन्य विभिन्न पेसागत संगठनहरुले गाउँपालिकामा लिखित तथा मौखिक रुपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि गाउँपालिका यस विषयमा उदासिन रहेको आरोप लगाए। साथै उनले गाउँपालिकाको शिक्षा शाखाले रकम पठाईसकेको भए तापनि लेखाले रोकेको भन्दै अड्काउने काम गरिएको बताए। अन्य सबै स्थानीय तहले अस अघि नै सबै शिक्षकको तलब निकासी दिई रहँदा बागमती गाउँपालिका भने आसेपासेलाई खुसी पार्न मात्र तल्लीन देखिएको सरोकारवालाहरुको आरोप रहेको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती गाउँपालिका समिति अध्यक्ष ठाकुर लामाले असोज ५ गतेभित्र तलब निकासा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्। दशैंको मुखमै आईपुग्दा समेत तलब निकासा नहुनु खेदजनक भएको उनको भनाई छ। गाउँपालिकाभित्र पछिल्लो समय चरम राजनीतिकरणको सिकार बनेको र धराशायी बनेको क्षेत्र नै शिक्षा क्षेत्र देखिएको छ।

यस विषयमा बागमती गाउँपालिकाका शिक्षा शाखा अधिकृत शेषकान्त पौडेल संग सम्पर्क गर्दा आफूहरुले एक हप्ता अघि नै सबै विद्यालयको खातामा रकम पठाईसकेको तर के कारणले यस्तो विवाद आयो भन्ने कुरामा आफू नै अनविज्ञ भएको बताए। लेखा शाखाले रोकेको भन्ने कुरा सुन्नमा आएको र त्यस्तो भए त्यो लेखा शाखाको कमजोरी भएको साथै तुरुन्तै विद्यालयको खातामा रकम पठाउनुपर्ने पौडेलले बताए। बुधबार आफू र पालिका अध्यक्षले यस विषयमा छानविन गरी समस्याको समाधानको पहल गर्ने पौडेलले बताए।

Ad

सम्बन्धित समाचारहरु

बैतडीको दोगडाकेदार गाउँपालिकामा आजबाट बिद्यालय सञ्चालनमा

लक्ष्मण विसी, बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकामा आजबाट बिद्यालयहरु सञ्चालनमा आएका छन । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका बिद्यालयहरु आजबाट सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा स्थानिय तहहरुलाई दिएको छ ।

टिच फर नेपाल फेलोशिपका लागि आवेदन आजबाट खुला

टिच फर नेपाल फेलोशिपका लागि आवेदन आजबाट खुला

काठमाडौं । नेपालमा शैक्षिक समानताको लागि कार्यरत टिच फर नेपाल अभियानले आगामी सत्रको लागि आवेदन भर्न नेपाली युवाहरूलाई आह्वान गरेको छ । आवेदनको म्याद माघ १८ (जनवरी ३१) सम्म छ । टिच फर नेपालले सामाजिक रुपान्तरणमा लागि पर्न सक्ने अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ । यस अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका ग्रामीण भेगमा रहेका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad