# भर्खरै
Namaste Icon
Ad

नगरबासीलाई गोदावरी नगरपालिकाको उपहार : अब नि:शुल्क पिसीआर परीक्षण

नगरबासीलाई गोदावरी नगरपालिकाको उपहार : अब नि:शुल्क पिसीआर परीक्षण

ललितपुर। गोदावरी नगरपालिकाका जनताले अब नि:शुल्क रुपमा कोरोना भाईरस (कोभिड १९ ) को पिसीआर परीक्षण गराउन पाउने भएका छन्। नगरपालिकाले टिकाभैरवमा रहेको आनन्दवन अस्पताल संगको सहकार्यमा लक्षण देखिएका व्यक्तिका सम्पूर्ण परिवारलाई नै नि:शुल्क रुपमा परीक्षण गर्ने व्यवस्था मिलाईएको नगरप्रमुख गजेन्द्र महर्जनले बताए।

संघीय सरकारले कोरोनाको उपचार गर्ने तथा अन्य जिम्मेवारीबाट विस्तारै हात झिकिरहेका बेला स्थानीय तहले नै यसको सम्पूर्ण जिम्मा लिएको र यही नै संघीयताको सुन्दर अनि उच्चतम अभ्यास भएको मेयर महर्जनको भनाई छ। आनन्दवन अस्पतालमा परीक्षण गराएका सबैको सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्नेछ। मेयर महर्जन आफैं पनि कोरोना संक्रमण भई १६ दिन होम आईसोलेसनमा बसेर सङ्क्रमणमुक्त भईसकेका छन्।

साथै नगरपालिकाले कोरोना संक्रमितको उपचारको लागि आनन्दवन अस्पताल, बज्रबाराही सामुदायिक अस्पताल तथा बडिखेलमा स्थापना स्थापना गरिएको नगरस्तरीय आईसोलेसनमा व्यवस्था गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बैतडीको दोगडाकेदार गाउँपालिकामा आजबाट बिद्यालय सञ्चालनमा

लक्ष्मण विसी, बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकामा आजबाट बिद्यालयहरु सञ्चालनमा आएका छन । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका बिद्यालयहरु आजबाट सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा स्थानिय तहहरुलाई दिएको छ ।

टिच फर नेपाल फेलोशिपका लागि आवेदन आजबाट खुला

टिच फर नेपाल फेलोशिपका लागि आवेदन आजबाट खुला

काठमाडौं । नेपालमा शैक्षिक समानताको लागि कार्यरत टिच फर नेपाल अभियानले आगामी सत्रको लागि आवेदन भर्न नेपाली युवाहरूलाई आह्वान गरेको छ । आवेदनको म्याद माघ १८ (जनवरी ३१) सम्म छ । टिच फर नेपालले सामाजिक रुपान्तरणमा लागि पर्न सक्ने अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ । यस अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका ग्रामीण भेगमा रहेका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad