# भर्खरै
Namaste Icon
Ad

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

सशस्त्र प्रहरीको विशेष व्यूरोको टोलीले धादिङका २७ वर्षीय मनिष मगर, मकवानपुरका २२ वर्षीय सविन आलेमगर, तनहुका २७ वर्षीय अजितकुमार श्रेष्ठ र चन्द्रागिरी नगरपालिका बस्ने ३६ वर्षीय राजकुमार रोका मगरलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको हो। सोही समूहले काठमाडौ उपत्यका विभिन्न स्थानमा खण्ड खण्ड रुपमा लागुऔषको कारोवार गर्ने गरेका थिए।

मकवानपुर र धादिङबाट चरेस गाजा ल्याउने गरेको तथा वीरगन्जबाट औषधिजन्य लागुऔषध (सिरिन्ज) ल्याएर बेच्ने गरेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले उनीहरुलाई पक्राउ गरी स्थानीय प्रहरीलाई बझाएको पुष्टि गरेका छन्। ‘सानो सानो समूह बनाएर लागुऔषधको कारोवार गर्दे गरेको सूचना आएको थियो सोही अनुसार हाम्रो विशेष व्यूरोले उनीहरुलाई सप्रमण प्रहरीलाई अनुसन्धानका लागि बुझाएको छ’, डिआइजी अर्यालले भने। अर्याललका अनुसार उनीहरुले स्कुटरको डिकीभित्र लुकाएर सो लागुऔषध ल्याएका थिए। सशस्त्र प्रहरीले दुई थान मोटरसाइकल पनि प्रहरीलाई बुझाएको छ।

Ad

सम्बन्धित समाचारहरु

विप्लव समूहका ६ जना नेताकार्यकर्ता पक्राउ

विप्लव समूहका ६ जना नेताकार्यकर्ता पक्राउ

लमजुङ । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले उनिहरुलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।

फक्ताङ्लुङमा ओली पत्नीद्वारा ५ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ। प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा निमाविका विद्यार्थीका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad