Namaste Icon
Ad

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

ललितपुर। ललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई १० लाख रुपैयाँ सहयोग गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमबीच चिडियाखानाका प्रमुख चिरन्जीवी पोखरेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीका कारण आम्दानी नभएकाले जनावरलाई आहारा खुवाउनै हम्मे हम्मे परेको जानकारी पाएपछि सहयोग गरेको प्रमुख महर्जनले बताए । सहयोग गर्नुको कारण प्रष्ट पार्दै उनले भने, ‘ कोरोना महामारीका कारण आम्दानी नभएपछि चिडियाखानाका धेरै कर्मचारीले आधा तलबमा काम गर्नु भएको रहेछ , जीवजन्तुको आहारा किन्नै धौ धौ परेको रहेछ ।’ चिडियाखानाको आम्दानी नभएका कारण जिवजन्तुको आहारा प्रभावित हुनु नहुने बताउँदै अपुग भए फेरि पनि सहयोग जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे । प्रमुख महर्जनले आधा तलबमा जिवजन्तुको स्याहार , सुसार गर्ने कर्मचारीको समेत उनले प्रसंशा गरे ।

कार्यक्रममा चिडियाखानाका प्रमुख चिरंजिवी पोखरेलले अप्ठ्यारो परिस्थितिमा महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने,‘चिडियाखानाले आर्थिक अभाव झेलिरहेको अवस्थामा कतैबाट सहयोग पाएका थिएनौं,ललितपुर महानगरपालिकाले अभिभावकको भूमिका निर्वाह गरेकामो खुशी छौं , धन्यवाद दिन चाहन्छौं ।’ नेपाल सरकारले कोरोना नियन्त्रणका लागि २५ जना भन्दा धेरै जमघट हुन नपाउने निर्णय गरेसँगै चिडियाखाना बन्द हुँदा आर्थिक अभाव झेल्नु परेको स्पष्ट पारे । चिडियाखानामा एक हजार जीवजन्तु छन् ।

चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार टिकटबाट उठेको रकमबाटै जीवजन्तुको आधार खरिद लगायत अन्य काम गरिन्छ । दैनिक ,३० देखि ४० थरीका खानेकुरा तयार पार्नुपर्छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाको उपस्थिति थियो ।

Ad

सम्बन्धित समाचारहरु

पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गर्नुभएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad