# भर्खरै
Namaste Icon
Ad

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

केही दिन अघिदेखि सामान्य रुघाखोकी सहितको लक्षण देखिएपछि सुरक्षाविधि अपनाएर होम आईसोलेसनमा बसेका मुख्यमन्त्री पौडेलको बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन्।

उनले बुधबार स्वाब परीक्षण गराएका थिए। पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ।

उनीहरू सबैको अवस्था सामान्य रहेको प्रेस संयोजक दाहालले बताए। ‘मुख्यमन्त्रीज्यूलाई सामान्य रूघाखोकी छ। उहाँ अहिले निवासमै हुनुहुन्छ,’ दाहालले भने।

 

Ad

सम्बन्धित समाचारहरु

सुशासन व्यवहारमा देखाऔं : पूर्वमन्त्री बाँस्कोटा

सुशासन व्यवहारमा देखाऔं : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन । पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए । ‘भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन’ उनले भने ।

घुन्सा पुगेर प्रम ओलीले भने, ‘सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचार भयो, त्यस्ता भ्रमको पछि नलागौं’

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad