# भर्खरै
Namaste Icon
Ad

प्युठानमा सर्पले डसेर एक यूवाको मृत्यु

प्युठानमा सर्पले डसेर एक यूवाको मृत्यु

बासुदेव गिरी,प्युठान । प्युठानमा सर्पले डसेर एक यूवाको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं ८ मानागाउँका १८ वर्षिय बलबहादुर केसीको मृत्यु भएको हो ।

केसीलाई विहिवार दिउसो सल्लेरी सामुदायिक वनमा पानीको धारा बनाउने क्रममा सर्पले डसेको थियो । सर्पले डसेर घाईते भएका केसीको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा साझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृतकको शवलाई मुचुल्का पछि पोष्टमार्टम गरिने सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) जौवारी स्थापना भएको छ। नम्बर १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार बीओपीको उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ।

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

उदयपुर । कटारी नगरपालिकाका १० का पदम बहादुर कार्कीको फुटबल खेल्न गएको बेला पौडी खेल्न जादा मृत्यु भएको थियो । साथमा रहेको कान्छो छोरा पनि बिरामी भएर थलिएका छन । पायाल्सको बिरामी भएका कान्छा छोराको उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या हुदा छोराको उपचारको लागि खर्चको बन्दोबस्त नहुदा स्वदेश बिदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad