# भर्खरै
Namaste Icon
Ad

पछुतो

पछुतो

प्रमिला विश्वकर्मा,संखुवासभा , चैनपुर पोखरी 


श्रीमानसँग डिभोर्स भएको ९/१० बर्ष भयो । विवाह हामीले एक अर्कालाई मन पराएर नै गरेका थियौ । विवाह गरेको २ बर्ष पछाडि श्रीमान् विदेश जानुभयो पैसा खोजेर । विदेश गएपछि म घरमा एक्लै भएको महशुस गर्थें । मेरो नि सपनाहरु धेरै थिए तर विहे पछि लगभग सबै कुरा समाप्त भए जस्तो लाग्न थाल्यो । यतिकैमा श्रीमानले विदेशबाट नेपाल फर्किने गाउको भाईमार्फत राम्रो मोबाइल पठाईदिनुभयो । मैले त्यो मोबाइलमा बिस्तारै सामाजिक संञ्जाल चलाउन थालेँ । त्यहाँ मैले धेरै कुरा देख्न थालेँ ।

बिस्तारै मेरा रहर र सपनाहरु असिमित हुन थाले । मैले श्रीमानलाई उहाँ संगको हरेक कुराकानीमा आफ्ना मागहरु राख्न थालेँ । उहाँले चुपचाप चुपचाप पैसा पठाउनु हुन्थ्यो । यतिकैमा म एक जना पुरुष साथि संग नजिकिन थालेँ । उहाँको घर सहरमा ठूलो महल जस्तो थियो । उहाँले लगाएको कपडा र उहाँको रुप मेरो सपनाको राजकुमारको जस्तो थियो । मलाई बिस्तारै बिस्तारै आफु बसेको घर सानो र साँधुरो लाग्न थाल्यो । श्रीमानको केही कुरा मन पर्न छाड्यो । कहिलेकाही फोनमा माया गरेर बोलेको त्यो प्रेमिल शब्दहरु पनि केटाकेटी पुल्पुल्याए जस्तो लाग्न थाल्यो । आजभन्दा भोलिभन्दा म पुरुष साथिसँग नजिकिन थालेँ । सबै सबै सुख दुःख बाँड्न लागेँ । श्रीमान् घर आउने बेला भएको थियो । श्रीमान् घर आउनु अगाबै हामीले विवाह गर्ने निर्णय गर्यौँ र म घरबाट भागेर हिंडें ।

फोनमा कुरा मात्र भएको थियो हाम्रो भेट भएपछि झनै खुसी लाग्यो । उहाँको पनि विवाह पहिले भएको कारण हामी पोखरा गएर बस्ने भयौँ । २ महिना सम्म हामी कोठा भाडा लिएर संगै बसेका थियौं । सहरका ठूला ठूला घर महङ्गो कपडा अनि मुख नै रसाउने खानेकुरा सबै कुराको राम्रोसँग अनुभव गर्न पाएँ । खुसी थिएँ म आफ्नै संसारमा ।

एकदिन उहाँ कामले बाहिर जानुभएको फर्केर कोठामा आउनुभएन । म २/३ हप्ता पर्खेर बसेँ अझै आउनुभएन । मैले कति खोज्न प्रयत्न गरेँ काहिँ भेटिन उहाँले दिएको ठेगाना सबै झुट्टो भएको थाहा पाएँ । म छाँगाबाट खसे जस्तो भएँ । मेरो जाने ठाउँ काहिँ थिएन । त्यो ठूलो सहरमा न म कसैलाई चिन्छु न कसैले मलाई नै चिन्छन् । जिन्दगीमा कहिले नगरेको काम गिटी कुटेर पेट भरेर बसेँ । हुँदा हुँदै अहिले म खाडीमा छु । मेरो जिन्दगी मैले आफैँ बर्वाद गरे । पहिलेको श्रीमानले अर्को विवाह गरेर अहिले उहाँको २ नानी छन् छोरा र छोरी । उहाँ आफ्नो परिवार सँग खुसी हुनुहुन्छ । सुनेको छु सहरमा घर बनाउनु भएको छ रे .... कहिलेकाही फेसबुकमा फोटो देखिरहन्छु अनि आफ्नो निधार फुटाउन मन लाग्छ । भगवान् जस्तो श्रीमानलाई लत्याएर सुखसयल खोज्दै हिंड्दा आज खाडीमा अर्काको दास बन्न पुगेँ ।

Ad

सम्बन्धित समाचारहरु

क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप

क्यालिफोर्निया । क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको हो । ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२४ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो ।

बेहुलीले लगाएको सारी मन नपरेपछि....

बेहुलीले लगाएको सारी मन नपरेपछि....

काठमाडौं । भारतको कर्नाटकमा विवाहको बीचमै दूलहा भागेका छन् । दूलहाले विवाहमा आएका आफन्तहरुलाई दुलहीले लगाएको सारी मन नपरेपछि भागेको कुरा बताएका छन् । उनीहरुले प्रेमपछि विवाह गरेका थिए । यो घटना भारतको हासन जिल्लाको हो । २९ वर्षका दुलहा बीएन रघुकुमार बेहुलीले नराम्रो सारी लगाएकै कारण भागेको कुरा भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad