# भर्खरै
Namaste Icon
Ad

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

ललितपुर। गोदावरी नगरपालिका ७ देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। बुरुन्चुलीमा स्थानीय एग्री युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई शुक्रबार बागमती प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा आयोजित दशैंको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नगद, मेडल, सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो।

३४ जना धावक सहभागी उक्त प्रतियोगितामा बागमती गाउँपालिका १ घुसेलका युनिक भुलुन प्रथम,देवीचौरका राजाराम तामाङ द्वित्तीय तथा घुसेलकै रोहण थिङ तृतीय भएका थिए। विजयी तथा प्रतियोगी सवैलाई सांसद सञ्जेलले पुरस्कार वितरण गरेका हुन्।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै सांसद संजेलले गाउँको विकास र सामाजिक कार्यमा निरन्तर रुपमा सक्रिय एग्री युथ क्लवलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्वप्रति सधैं जागरुक हुन आग्रह गरे। आफ्नो तर्फबाट यस्ता सराहनीय कार्यलाई सधैं प्राथमिकता दिने भन्दै आगामी दिनहरुमा क्लवको भवन निर्माण तथा अन्य कार्यहरुको लागि सहयोगगर्ने प्रतिबद्धता व्यक्त गरे। साथै कोरोना महामारीको यस विषम परिस्थितिमा घरआँगनमा आएको बडादशैँ सुरक्षा मापदण्ड अपनाउदै घरैमा बसी मनाउन पनि उनले आग्रह गर्दै दशैँको शुभकामना व्यक्त गरे।

यस्तै क्लवका अध्यक्ष कृष्ण तामाङ्गले प्रतियोगितामा विजयी हुने तथा सहभागी सबैलाई बधाई तथा शुभकामना दिंदै गाउँको विकास र सामाजिक कार्यहरुमा क्लव सधैं सक्रिय रहेको बताए। कार्यक्रममा वडाध्यक्ष गिरीप्रसाद् तिमल्सिना , शैक्षिक अभियन्ता लक्ष्मण बजगाईं, समाजसेवी सुन्दर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए। उक्त प्रतियोगिता संचालन गर्नको लागि नन्द स्वीट्स,एडभान्स्ड क्वालिटी रोडा ढुंगा उद्योग,सजिलो रोडा ढुंगा उद्योग,छम्पीमाई रोडा ढुंगा उद्योग,त्रियोग एग्रिकल्चर,पूर्वेली एग्रो,भ्याली युनिक एग्रो,मच्छिन्द्रनाथ मल्टिप्रपोज प्रालि,रोहित केसी ,दिपक कोल्ड स्टोर,सुन्दर खड्का, दिपक विष्ट,धन बहादुर लामा लगायतले प्रायोजन गरेका हुन।

Ad

सम्बन्धित समाचारहरु

अमेरिकी पौडीबाज, जसले बनाए नयाँ विश्व कीर्तिमान

अमेरिकी पौडीबाज, जसले बनाए नयाँ विश्व कीर्तिमान

एजेन्सि । ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेल नयाँ विश्व कीर्तिमान बनाएका छन्। अमेरिकी पौडी खेलाडी ड्रेसेलोले अन्तर्राष्ट्रिय पौडी लिगमा आफ्नो टिम काली कन्डोर्सलाई उपाधि दिलाउने क्रममा व्यक्ति कीर्तिमान बनाएका हुन् ।

लेस्टर सिटीलाई पराजित गरेर लिभरपुल दोस्रो स्थानमा

लेस्टर सिटीलाई पराजित गरेर लिभरपुल दोस्रो स्थानमा

एजेन्सि ।  शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीलाई पराजित गरेर लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा पुगेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad